आईपीएल अपडेट: हैदराबादको लगातार तेस्रो जित - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

आईपीएल अपडेट: हैदराबादको लगातार तेस्रो जित



आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले कोलकाता नाइटराइडर्सलाई पाँच विकेटले हराएको छ । कोलकातामा गएराति भएको खेलमा घरेलु टोलीले दिएको १ सय ३९ रनको लक्ष्य हैदराबादले १९ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो ।

हैदराबादको जितमा केन विलियम्सनले ५०, सकिव अल हसनले २७ र ऋद्दिमन सा ले २४ रन बनाए । जीतसँगै अहिलेसम्म खेलेका तीनवटै खेल जितेको हैदराबाद अंक तालिकाको शीर्ष स्थानमा छ । पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो । कोलकाताका क्रिस लायनले ४९ र दिनेश कार्तिकले २९ रन बनाएका थिए ।

प्रतियोगितामा आइतबार बेंग्लोर र राजस्थान दिउँसो सवा ४ बजेपछि खेल्नेछन् । यस्तै राति सवा ८ बजेपछि सुरु हुने खेलमा चेन्नई र पञ्जाव खेल्नेछन् ।