अझै फेला परेनन् दिल्लीमा हराएका कंडेल,खोजि कार्यमा हाम्रो स्वाभिमान - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अझै फेला परेनन् दिल्लीमा हराएका कंडेल,खोजि कार्यमा हाम्रो स्वाभिमान



अर्जुन खनाल /नयाँ दिल्ली

७० बर्षका कलानिधि कंडेल नेपाल भरतपुर चितवन देखि उपचारका लागि दिल्ली आएका थिए । उनी १६ जुलाइ देखि २० जुलाइसम्म दिल्लीको प्रतिष्ठित अस्पताल अपोलोमा भर्ना भएका थिए ।उपचार गराउदै गरेको अवस्थामा उनी एकाएक साँझको बेला घुमफिर गर्न बाहिर निस्केपछि अझै  फिर्ता आएका छैनन् । उनी साँझ ८ बजेतिर अस्पताल नजिकै रहेको सेवा सदनबाट बाहिर निस्केका थिए  ।

उनको खोजी कार्य चलिरहे पनि आज यतिका दिनसम्म फेला नपर्नु दुःखद हो । उनको उपचारका लागि सँगै आएका उनका छोरा प्रेमनिधि कंडेलले सरिता बिहार थानामा उनको खोजीका लागि निवेदन दिएका  थिए तर  पनि अझै केहि  पत्ता लागेको छैन  ।

आज  उनै व्यक्ति कलानिधिको  खोजीमा दिल्लीमा रहेको  सस्था हाम्रो स्वाभिमानका प्रतिनिधिले १३ ,१४ र १५ को  दिन सबैले आ-आफ्नो  अफिस बिदा लिएर एक दिन उहाको निम्ति समर्पित गरौ ,मानव सेवा नै धर्म भन्दै उहाको खोजीमा जुटेको छ  ।यदि तपाइको एक छिन सहयोगले कसैको उद्दार हुन्छ भने किन पछी पर्ने कृपया उक्त नम्बरमा सम्पर्क गरि सहयोग गर्न अनुरोध छ ।

सम्पर्क नम्बरहरु

+91-8447792397(प्रेम निधि कँडेल हराएका व्यक्तिका छोरा)

+91-9911316600 (मोहन कार्की )

+91-9868347810 (शिवलाल ज्ञवाली)

+91-9711935709 (ललिता दत्त)

+91-9891117974  (अनिता क्षत्री )

+91-9999777305  (सुमित्र  थापा )

+91-9810912301 (राहुल कुवर )