चीनमा फेरी 'हान्ता भाइरस'को आतंक: के हो 'हान्ता भाइरस' ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

चीनमा फेरी ‘हान्ता भाइरस’को आतंक: के हो ‘हान्ता भाइरस’ ?



एजेन्सी- भर्खरै कोरोना भाइरसको संकटबाट पार खोज्दै गरेको चीनमा अर्को नयाँ भाइरसले आतंक मच्चाएको छ ।

चीनको युन्नान प्रान्तमा एक व्यक्तिको हन्ता भाइरसको कारण मृत्यू भएपछि यसबारे पत्ता लागेको हो ।

पीडित व्यक्ति कामको लागि बसबाट शाडोङ्ग प्रान्त फर्किरहेका थिए । उनमा हन्ता भाइरस पोजिटिभ देखिएको थियो ।

उनीसँगै बसमा सवार ३२ जनाको पनि स्वास्थ्य जाँच गरिएको छ । चीनको सरकारी समाचारपत्र ग्लोबल टाइम्समा प्रकाशित खबरले यसबारे समाचार प्रकाशन गरेपछि सामाजिक सञ्जालमा चर्चा चुलिएको छ ।

ठूलो संख्यामा मानिसहरुले ट्वीट गर्दै हन्ता भाइरस पनि कोरोनाजस्तै प्रकोपको रुपमा अगाडि बढ्न सक्ने चिन्ता व्यक्त गर्न थालेका छन् । भारतमा हन्ता भाइरस ट्वीटरमा ट्रेन्डिङ तेस्रो नम्बरमा पुगेको छ ।

हन्ता भाइरस मुसाबाट सर्ने जीवाणु हो । मुसालाई राम्रोसँग नपकाई खाँदा हन्ता भाइरसको संक्रमण हुन्छ ।

के हो हन्ता भाइरस ?

विशेषज्ञहरुका अनुसार कोरोना भायरसजस्तै हन्ता भाइरस घातक भने छैन । कोरोनाभन्दा विपरित हावामार्फत् फैलँदैन ।

यो मुसा वा लोखर्केको सम्पर्कमा आउने मानिसमा फैलन्छ । तर यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । यदि कोही व्यक्ति मुसाको दिसा, पिसाब आदिलाई छुन्छ र आफ्नो आँखा, नाक र मुख छुन्छ भने उसमा हन्ता भाइरसको सम्भावना बढ्छ ।

यो भाइरस संक्रमण हुँदा मानिसलाई ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, पेट दुख्ने, उल्टी हुने, झाडा पखाला लाग्ने जस्ता लक्षण देखिन्छ ।

यो पनि:

चीनमा भेटियो ‘हान्ता भाइरस’: एकको मृत्यु

यदि समयमै उपचार नपाएमा हन्ता भाइरस संक्रमित मानिसको मृत्यू पनि हुनसक्छ ।
हन्ता भाइरस संक्रमणबाट मृत्यू हुने दर ३८ प्रतिशत रहेको छ ।

अहिले हान्ता भाइरस ट्वीटर ट्रेन्डिङको १ नम्बरमा छ