कैलालीको ३ क्षेत्रमा बाम गठबन्धन बिजयी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कैलालीको ३ क्षेत्रमा बाम गठबन्धन बिजयी



बिशाल पाण्डेय

मंसिर २५,कैलाली  :   कैलालीमा रहेका ५ वटा क्षेत्र  मध्य ३ वटा क्षेत्रमा बाम गठबन्धनले बाजि मारेको छ । बाजि मार्ने क्रममा ;- कैलाली ३ बाट माओवादी  केन्द्रका गौरीशंकर चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। पूर्व कृषिमन्त्रीसमेत रहेका चौधरीले कांग्रेसका रामजनम चौधरीलाई ४ हजार ३८५ मतान्तरले पराजित गरेका हुन्।गौरीशंकरले २४ हजार ८७९ मत पाउँदा पूर्व स्वास्थ्यमन्त्री कांग्रेसका रामजनमले २० हजार ४९४ मत पाएका छन्।

त्यस्तै माओवादी केन्द्रकै नेता लेखराज भट्ट कैलाली क्षेत्रनम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार सुनिल भण्डारीलाई १० हजार ३९९ मतान्तरले पराजित गरेका हुन् । भट्टले ३१ हजार ३५९ मत ल्याउँदा नेपाली कांग्रेसका भण्डारीले २० हजार ९६० मत पाएका छन् ।

त्यसैगरी  कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार आरजु देउवा राणा लाई पराजित गर्दै  एमालेका नारदमुनि राना विजयी भएका छन् । रानाले २७ हजार २०२ मत पाएका छन् भने प्रधानमन्त्री पत्नी समेत रहेकी कांग्रेस उम्मेदवार राणाले २२ हजार ३२२ मत पाएकी छन् ।

कैलालीका २ वटा क्षेत्रको भने मतपरिणाम आउन बाकी रहेको छ । जस अन्तर्गत कैलाली क्षेत्र नं १ मा राष्ट्रिय जनता पार्टीका उम्मेदवार रेशम चौधरीले अग्रता लिएका छ्न भने कैलाली क्षेत्र नं २ मा बाम गठबन्धनका झपट रावलको अग्रता रहेको छ ।