काठमाडौँ पुगेका हर्कले भने - यो फोहोरको डंगुर देख्दा धरानै सफा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

काठमाडौँ पुगेका हर्कले भने – यो फोहोरको डंगुर देख्दा धरानै सफा



Harka sampang

काठमाडौँ- धरानका मेयर हर्क साम्पाङ काठमाडौंमा आइपुगेका छन् । उनी आइतबार बिहान काठमाडौं आइपुगेका हुन् ।

धरान उपमहानगरपालिकाको विकास निर्माणसम्बन्धी कामले उनी काठमाडौं आएका हुन् ।

साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो । प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो ।’