हातेमालोको वार्षिक साधारण सभा सम्पन्न ,अध्यक्षमा सापकोटा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

हातेमालोको वार्षिक साधारण सभा सम्पन्न ,अध्यक्षमा सापकोटा



हातेमालो नेपाली विद्यार्थी समूहले आठौं वार्षिक साधारण सभा तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। नयाँ दिल्लीको आई.टी.व स्थित आईएमए हलमा सम्पन्न उक्त कार्यक्रममा सभाले आफ्नो आठौं कार्यकारी समितिको समेत चयन गरेको छ।

हातेमालो नेपाली विद्यार्थी समूहका नि:वर्तमान अध्यक्ष सुनिल बुढाथोकीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल दुतावासका शिक्षा एवं सांस्कृतिक विभाग प्रमुख कृष्ण प्रसाद पन्त प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए। आईसीएआईका पुर्व अध्यक्ष अमरजीत चोपड़ा, आईसीएआईका केन्द्रीय सदस्य राजेश शर्मा, आईक्यानका केन्द्रीय सदस्य तथा एक्यानका पूर्व अध्यक्ष भरत रिजाल, एन.आई.आर.सी पूर्व प्रमुख राज चावला, एन.आई.आर.सी पूर्व उप-प्रमुख हंस राज चुग, एक्यानका पूर्व अध्यक्ष नबराज बुर्लाकोटी विशिस्ट अतिथिको रूपमा रहेका थिए। साथै अतिथि आशनग्रहण अन्य विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुले गरेका थिए।

सभामा संस्थाका पूर्व सचिव तथा नवनिर्वाचित अध्यक्ष सरोज सापकोटाले सातौं कार्यकालको कार्यगत विस्तृत विवरण प्रस्तुत गरेका थिए। संस्थाका पूर्व कोषाध्यक्ष सागर भट्टराईले आफ्नो कार्यकालको दौरान भएको आर्थिक विवरण पेश गरेका थिए। सभामा विशाल भट्टराईको अध्यक्षतामा बनेको निर्वाचन समितिले सरोज सापकोटाको अध्यक्षतामा आठौं कार्यकालको लागि १५ जना कार्यकारी र ८ सदस्सीय ‘पब्लिक रिलेसन’ टिम गठन गरेको छ।

संस्थाको नवनिर्वाचित अध्यक्षतामा सरोज सापकोटा, उपाध्यक्षमा जगदीशश्वर थापा, सचिवमा सन्देश रुपाखेती, सह-सचिवमा सौरव चौधरी, कोषाध्यक्षमा अशोक सापकोटा र कार्यकारी सदस्य राजु साह, संदिग्नता खनाल, बिमल राज बराल, अनिष श्रेस्ठ, अंकित अधिकारी, दीपिका जोशी, नृपेश पराजुली, प्रणीता बर्मा, प्रयास गुरुङ्ग, बिमल पोखरेल सहितको १५ जना कार्यकारी समितिमा चयन भएका छन्। साथै ‘पब्लिक रिलेसन’ टिममा दिल्ली विश्वविद्यालयबाट श्रद्धा गौतम, सजल मणि धिताल, निशान रानाभाट, निश्चल ढुंगेल, गुरु गोविन्द सिंह इन्द्रप्रस्त विश्वाविद्यालयबाट जीवन प्रकाश पन्त, जामिला विश्वविध्यालयबाट पवित्रा पाण्डे, जे.एन.युबाट सन्दीप पौडेल र एसीसीए अध्यनरत रोश्नी न्यौपाने चयन भएका छन्। कार्यक्रममा बोल्दै नि:वर्तमान अध्यक्ष सुनिल बुढाथोकीले आफ्नो कार्यकालमा सहयोग गर्नु हुने प्रति सबैलाई धन्यवाद ज्ञापन गर्दै हातेमालोको आउने दिनहरुको लागी सबै नव निर्वाचित कार्य समितिलाई शुभकामना व्यक्त गरेका थिए।

आफ्नो कार्यकालमा विद्यार्थीको हक़-हितका लागि सधै लडेको र आउने दिनहरुमा पनि आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता जाएर गरेका थिए। कार्यक्रममा सीए अध्ययनको बिभिन्न तह उत्तीर्ण गर्ने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो भने हातेमालो फाइव ए साइड फ़ुटबलका विजेता तथा उप-विजेतालाई पनि सोही कार्यक्रममा पुरस्कृत गरिएको थियो। कार्यक्रममा सिए सरोकारका दिल्ली ब्यूरो प्रमुख ऋषि राम अधिकारीलाई प्रवासमा पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगादान दिदै समाजमा घटेका घटनालाई उजागर गरेकोमा सम्मान गरिएको थियो। सिए क्षेत्रको वास्तविकतालाई समाज सामु जस्ताको त्यस्तै ल्याएर सम्पूर्ण सिए क्षेत्रलाई टेवा पुर्याएकोमा उक्त सम्मान प्रदान गरिएको हो। औपचारिक कार्यक्रम सकिए लगत्तै सुरु गरिएको सांस्कृतिक कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरुबाट विद्यार्थीहरुले मनोरञ्जन प्रदान गरेका थिए। कार्यक्रममा सिए विद्यार्थी तथा युवा कवि ए.पि सुमनको कविताले उपस्थित सबैका आँखा रसाएका थिए।

कार्यक्रममा यसका साथै सीए विद्यार्थीहरुले गायन, बाध्यबाधन तथा मौलिकता झल्काउने विभिन्न नृत्यहरू पनि प्रस्तुत गरेका थिए। आफु अध्यक्ष हुदा निकै नै ख़ुशी भएको र आउदा दिनहरुमा हातेमालोलाई अझै नयाँ उचाईमा लाने संस्थाका नव निर्वाचित अध्यक्ष सरोज सापकोटाले सिए सरोकारलाई जानकारी दिएका छन्। यहाँ सम्म आइपुग्नको लागि सहयोगी हातहरुलाई हार्दिक धन्यवाद दिदै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा रहेको बताए। उनी भन्छ्न्-हरेक प्रवासी नेपाली विद्यार्थीहरुको समस्या भन्नु नै हाम्रो समस्या हो र त्यसलाई समाधान गर्न हरेक कोणबाट हामी अग्रसर रहन्छौं। कार्यक्रममा उपस्थित विद्यार्थीले कार्यक्रम निकै नै राम्रो भएको र पढाईको चापबाट धेरै राहत मिलेको बताएका थिए।

14139425_1083506138351408_1016276516_oकार्यक्रमको अन्तिम खण्डमा नेपाली संस्कृति झल्काउने लोक-दोहोरीले उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेको थियो। औपचारिक कार्यक्रमको सञ्चालन मधु खनाल, ग्रीष्मा सिंह ठकुरी र सांस्कृतिक कार्यक्रमको सञ्चालन चन्द्र प्रकाश पोखरेल र सन्दिगनता खनालले गरेका थिए।