स्वास्थ्यमन्त्रीको निर्णय, देशका ३० अस्पतालमा विशेषज्ञ शल्यक्रिया सेवा सञ्चालन गर्ने ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

स्वास्थ्यमन्त्रीको निर्णय, देशका ३० अस्पतालमा विशेषज्ञ शल्यक्रिया सेवा सञ्चालन गर्ने !



 

हिमालपोष्ट/काठमाडौ,२७ माघ,

स्वास्थ्य मन्त्रालयले देशभरका हाल सम्म शल्यक्रिया सेवा उपलब्ध नभएका ३० अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको आकस्मिक शल्यक्रिया सेवा सुरु गर्ने भएको छ ।

आउँदो फागुन एक गतेदेखि १३ जिल्ला अस्पतालहरुमा यो सेवा सुरु गरिनेछ भने बाँकी जिल्ला अस्पतालहरुमा केही हप्तापश्चात्त यसलाई सुचारु गरिने मन्त्रालयले जनाएको छ ।

एक गतेदेखि यो सेवा सुरु हुने अस्पतालहरुमा सर्लाही, धादिङ, रोल्पा, नुवाकोटको त्रिशुली, गोर्खा, नवलपरासी, सप्तरीको राजविराज, कञ्चनपुरको महेन्द्रनगर, दाङको तुल्सीपुर, अर्घाखाँची, उदयपुर, धनकुटा, बाग्लुङको बुर्तिवाङ रहेका छन् ।

स्वास्थ्य प्रतिष्ठानहरु तथा मेडिकल कलेजहरुसितको सहकार्यमा सेवा सुरु गर्ने गरी स्वास्थ्य मन्त्री गगनकुमार थापाले मन्त्रीस्तरीय निर्णय गरेका हुन् ।

मन्त्रालयको निर्णय अनुसार अबदेखि ती अस्पतालहरुमा विशेषज्ञ चिकित्सक र आवासीय एमडी वा एम एस् वा डिएम वा एमसीएच चिकित्सकहरुलाई खटाइने स्वास्थ्यमन्त्री का प्रेस संयोजक जीवन भण्डारीले बताए।

अस्पतालका लागि चाहिने आवश्यक उपकरण समेत मन्त्रालयले नै उपलब्ध गराउने उनले बताए ।