पोखरा पुगेका गायक हेमन्त शर्माले भने- झन्डै बाँचियो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पोखरा पुगेका गायक हेमन्त शर्माले भने- झन्डै बाँचियो



काठमाडौं- चर्चित गायक हेमन्त शर्माले बागलुङ कार्यक्रमका आयोजकले एक घन्टा अगाडिको टिकट काटिदिएको कारण आफु दुर्घटनाबाट जोगिएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै सो कुरा बताएका हुन् । उनले कार्यक्रम आयोजक प्रशान्त भाइले आफ्नो टिकट एक घन्टा ढिलो नगरिदिएको कारण आफु दुर्घटनाबाट जोगिएको बताएका छन् ।

‘आज म काठमाडौंबाट पोखरा उडेको करिब १ घन्टापछि काठमाडौबाट पोखरा उडेको जहाज नराम्ररी दुर्घटनाग्रस्त भएको छ । सँगै प्रतिक्षामा रहन हुने देखादेख भएका कति यात्रु, पक्कै पर्नुभयो । साह्रै दुःख लाग्यो’ उनले पोष्टमा अगाडि लेखेका छन्– ‘सम्पूर्ण मृतकहरुप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु ।’ उनले जिन्दगीको केही भर नभएको समेत पोष्टमा उल्लेख गरेका छन् । उनले बिहान आफ्नो पोष्ट हेरेर आफुप्रति चासो दिनेलाई समेत धन्यवाद भनेका छन् ।

शर्मा पोखरा पुगेको करिब एक घण्टापछि दुर्घटना भएको यती एयरलाइन्सको जहाज काठमाडौंबाट उडेको थियो । उक्त जहाजमा बाग्लुङ घर भएकी गायिका निरा छन्त्याल पनि थिइन् । पोखरामा हुने माघी महोत्सवमा सहभागी हुन गएकी उनी जहाज दुर्घटनामा परिन् ।