हेर्नुहोस् चैत्र मासमा आयो रत्यौली गीत“अखोटे लौरी”(भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

हेर्नुहोस् चैत्र मासमा आयो रत्यौली गीत“अखोटे लौरी”(भिडियो सहित)



समीर प्रकाश पाण्डे/चैत्र १९ 

लोक गायिका कला पंगेनी र लोकप्रिय दोहोरी गायक तेजेश रेग्मीको आवाजमा रहेको रत्यौली गीत “अखोटे लौरी” बजारमा आएको छ । प्राय ठेट नेपाली गीतमा झर्रा शब्दको मिश्रण गरेर गाउन खप्पीस गायक तेजेश रेग्मीका दर्जनौं टिपीकल हिट गीत बजार मा चर्चित छन् । यो रत्यौली गीतमा लय समेत गायक रेग्मीकै रहेरो छ ।

“लैजाउ कान्छा नौजाले रुमाल
यो कान्छीको सम्झना दिलाउन
रूप र धन चाईदैन क्यारे
हामी दुईको मन मुटु मिलाउन”

परम्परागत रत्यौली भाकाको रंगीलो यो दोहोरी गीतमा गायक रेग्मी लाई गायिका कला पंगेनीले साथ दिएकी छन् । गीतमा हाम्रो समाजको पुरानो परम्परा रत्यौती भाका समेटीएको र परम्परागत दोहोरीको छेडाखानी एवं नोंकझोंक समेटीएका कारण गीत निकै मनोरन्जक बनेको गायिका पंगेनीले बताईन ।

बुटवलको मिर्मीरे रोधीघरको सेटमा सुटीड• गरिएको गीतमा गायक गायिका दुवैको अभिनय देख्न सकिन्छ ।

चर्चित सङ्गीत संयोजक विनोद वाजुरालीको सङ्गीत संयोजन रहेको उक्त गीत मालश्री रेकर्डीड• स्टुडीयो मा रेकर्ड गरिएको हो । रेड एप्पल मिडियाद्वारा बजार व्यवस्थापन गरिएको उक्त गीत कम्पनीकै अफीसीयल युट्युव च्यानलबाट सार्वजानीक गरिएको छ ।