हिन्दुराष्ट्रको माग गर्दै सडकमा प्रदर्शन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

हिन्दुराष्ट्रको माग गर्दै सडकमा प्रदर्शन



धनुषा- जनकपुरमा हिन्दुराष्ट्र स्थापनाको माग गर्दै सडकमा प्रदर्शन गरिएको छ । नेपाल राष्ट्रवादी समूहले प्ले कार्ड बोकेर प्रदर्शन गरेको छ ।

शनिबार जनकपुरको जनक चोकबाट सुरु भएको प्रदर्शन नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

राष्ट्रिय सभाका पूर्वसदस्य कारीप्रसाद यादवको अगुवाइमा भएको सो प्रदर्शनमा नेताहरुको कारण मुलुकको राष्ट्रियता नै खतरामा परेको भन्दै सहभागीले नेपाललाई हिन्दुराष्ट्र घोषित गर्नुपर्ने माग गरे ।

यादवले देशलाई हिन्दू राष्ट्र घोषणा गर्नु आजको आवश्यकता रहेको भन्दै आफूहरुले अभियान संचालन गरि राज्यमाथि दवाव सृजना गर्ने बताए ।

प्रदर्शनमा सहभागीले नागरिकता विधेयक फिर्ता गर, भ्रष्टाचार अन्त्य गर लगायतका नारा अंकित प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका थिए ।

विरोध कार्यक्रममा वीरेन्द्र कर्ण, प्रकाश राणा लगायत युवा, महिला र साधुसन्तहरुको उल्लेख्य सहभागिता थियो ।