हिरासतभित्र के गरिरहेका छन् रवि ? - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

हिरासतभित्र के गरिरहेका छन् रवि ?



काठमाडौं: पत्रकार शलिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछाने  साउन ३० गते देखि चितवन प्रहरीको हिरासतमा छन् ।

हिरासतभित्र रवि के गरिरहेका छन् भन्ने धेरैको चासोको विषय हुन सक्छ । रवि आराम गर्नुका साथै पढ्ने र खेल्ने गर्छन् ।

भेटघाटबाहेकका समयमा रवि हिरासतमै रहेका अन्य थुनुवासँग समय बिताइरहेका छन् । बयान लिन थालेपछि छुट्टाछुट्टै बसेका रवि र युवराज बयान सकिएपछि पुनः एउटै कोठामा बस्न थालेका छन् ।