होन्डा कम्पनीका मोटरसाइकल अब १ रुपैयाँमै पाइने - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

होन्डा कम्पनीका मोटरसाइकल अब १ रुपैयाँमै पाइने



काठमाडौँ- अब होन्डाको मोटरसाइकल १ रुपैयाँमै पाइने भएको छ । होन्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले दसैलाई लक्षित गर्दै यस्तो अफर ल्याएको हो ।

कम्पनीले कोभिडको परिस्थितिलाई मध्यनजर गर्दै ‘हर एक नेपालीलाई १ रुपैयाँमा होन्डा’ योजना ल्याएको छ ।

विषम परिस्थितिमा नेपालीमाझ खुसी साटासाट गर्ने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले बताएको छ । यो योजनामा ग्राहकले होन्डाका कुनै पनि मोटरसाइकल वा स्कुटर १ रुपैयाँ डाउनपेमेन्ट वा १ रुपैयाँको ईएमआई र १ प्रतिशत ब्याजदरमा खरिद गर्न सक्नेछन् ।

योजनाअन्तर्गत खरिदकर्ताले होन्डा मोटरसाइकल वा स्कुटरको खरिदमा स्क्र्याच कुपनमार्फत १ लाख रुपैयाँसम्मको नगद छुट, ७ वर्षसम्मका लागि फ्री बोनस सर्भिसिङका साथै ७ वर्षका लागि स्पेयर पाटर््समा ७ प्रतिशत छुट पाउनेछन् ।