भाइबरबाट गरिने फोनकल गैरकानुनी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

भाइबरबाट गरिने फोनकल गैरकानुनी



असोज ११, काठमाडौं-

प्रविधिको बिकाशले तिब्रता पाएको छ । समय संगै फोनको बिकल्पमा धेरै कम्युनिकेसन सिस्टम बनिरहेका छन तर यस्ता कतिपय सिस्टम नै गैरकानुनी रहेका छन ।

मुलुकमा भाइबर आउट (आइपी) सेवाबाट मोबाइल र ल्यान्डलाइन सेवामा फोन गर्नु गैरकानुनी भएको सरकारले बताएको छ ।

मुलुकभित्र भाइबर आउटबाट अन्य दूरसञ्चार सेवा प्रदायक कम्पनीका मोबाइल र ल्यान्डलाइनमा फोन गरेको भेटिएको भन्दै यो दूरसञ्चार ऐन, नियम विपरीत भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

पछिल्लो समय भाइबर आउट एप्लिकेसनबाट मोबाइल र ल्यान्डलाइनमा फोन गर्ने चलन बढ्दै गएको खबर आजको नागरिकमा छ ।