इम्बोस्ड नम्बर प्रदेशकै नाममा, अंग्रेजी यथाबत - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

इम्बोस्ड नम्बर प्रदेशकै नाममा, अंग्रेजी यथाबत



भदौ २२, काठमाडौं-

सरकारले अञ्चलका नामबाट सुरु गरेको इम्बोस्ड नम्बर प्लेट जडान तत्कालका लागि स्थगित गर्दै प्रदेशका नामबाट वितरण गर्ने भएको छ ।

सरकारले भदौ ९ देखि वाग्मती अञ्चलमा दर्ता भएका सवारी साधनका लागि अञ्चलकै नामबाट इम्बोस्ड नम्बर प्लेट सुरु गरेको थियो ।

नेपालको संविधानमा अञ्चलको व्यवस्था नभएकाले संघीय राज्यअनुसार प्रदेशका नामबाट प्लेट जडान गर्ने निर्णय गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले जानकारी दिए ।

जडानलाई प्रदेशअनुसार गरे पनि प्लेटमा अंग्रेजी शब्द नै उल्लेख हुनेछ ।