पाकिस्तानको सर्वोच्च अदालतले भन्यो- इमरान खानको गिरफ्तारी गैरकानुनी, तत्काल छोड्नु - Himal Post Himal Post
  • २८ मंसिर २०८२, शनिबार
  •      Sat Dec 13 2025
Logo

पाकिस्तानको सर्वोच्च अदालतले भन्यो- इमरान खानको गिरफ्तारी गैरकानुनी, तत्काल छोड्नु



एजेन्सी– भ्रष्टाचार आरोपमा पक्राउ परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारी गैरकानुनी रहेको भन्दै त्यहाँको सर्वोच्च अदालतले रिहाइका लागि आदेश दिएको छ।

पाकिस्तानको सर्वोच्च अदालतले इमरान खानलाई रिहा गर्न आदेश दिनुका साथै उच्च अदालतको न्यायिक प्रक्रियामा सामेल हुन भनेको छ।

भ्रष्टाचारसम्बन्धी एक मुद्दामा इमरान खानलाई मंगलबार अदालत परिसरबाटै गिरफ्तार गरिएको थियो। बिहीबार सर्वोच्च अदालतले उनको गिरफ्तारी अवैध रहेको भन्दै रिहाइका लागि आदेश दिएको हो। इमरान खानको गिरफ्तारीपछि पाकिस्तानका विभिन्न स्थानमा हिंस्रक प्रदर्शन भएका छन्।

पाकिस्तानी सर्वोच्च अदालतका मुख्य न्यायाधीशले इमरान खानलाई उनको गिरफ्तारी भएपछि देशमा भएको हिंसाको निन्दा गर्न भनेका थिए। तर इमरानले ती हिंस्रक घटनाका लागि आफू जिम्मेवार नरहेको बताएका छन्।