ललितपुरमा प्रहरीको इन्काउन्टरबाट प्रवीण खत्रीको मृत्यु - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

ललितपुरमा प्रहरीको इन्काउन्टरबाट प्रवीण खत्रीको मृत्यु



 
२३ साउन, काठमाडौं ।

ललितपुरको कुसुन्तीमा प्रहरी ‘इन्काउन्टर’बाट लागूऔषध कारोबारमा संलग्न एक जनाको मृत्यु भएको छ ।
लागूऔषध कारोबारमा संलग्न प्रवीण खत्रीसँग हतियार रहेको सुराकी पाएको प्रहरी बिहानै देखी प्रबिणको पिछा लागेको थियो । महानगरीय अपराध महाशाखाको टोली उनको घरमा पुग्दा उनले गोली चलाएको र जवाफएे कारबाहीमा उनी मारियाको प्रहरीले जनाएको छ ।
उनले भने, ‘दुई वटा पेस्तोल भेटिएको छ । प्रहरीको गोली लाग्यो कि उनी आफैंले गोली हाने थाहा छैन ।’
प्रहरीले पछ्याउँदै गर्दा उनले फायर खोलेको र आफूहरुले जवाफी कारबाही गरेको प्रहरीले बताएको छ ।

गोली लागेर घाइते भएपछि खत्रीलाई पाटन अस्पताल पुर्‍याइएको थियो । तर, चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका छन् ।