भारत सबैभन्दा आक्रान्त: अमेरिकामा भन्दा बढी मृत्युदर - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

भारत सबैभन्दा आक्रान्त: अमेरिकामा भन्दा बढी मृत्युदर



काठमाडौं– विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वकै सबैभन्दा प्रभावित देश अमेरिका भन्दा भारतमा मृत्यु दर उच्च देखिएको छ ।

गएको २४ घन्टामा कारोना संक्रमणबाट भारतमा एक हजार एक सय ४० जनाको मृत्यु हुँदा अमेरिकामा तीन सय ९२ जनाको मृत्यु भएको छ ।

जबकी हालसम्म अमेरिकामा कोरोना भाइरसबाट ६७ लाख आठ हजारभन्दा बढी संक्रमित छन भने भारतमा ४८ लाख ४५ हजारमा संक्रमण पुष्टि भएको छ ।

हालसम्म भारतमा कोरोनाबाट ७९ हजार सात सय ५४ जनाको मृत्यु भएको छ भने अमेरिकामा एक लाख ९८ हजार पाँच सय २२ जनाको ज्यान गएको छ ।

यसअघि शनिबार भारतमा कोरोनाबाट एक हजार एक सय आठ जनाको मृत्यु भएको थियो भने अमेरिकामा सात सय सात जनाले ज्यान गुमाएका थिए ।

शुक्रबार अमेरिकामा कोरोनाबाट एक हजार ९४ को मृत्यु हुँदा भारतमा एक हजार दुई सय दुई जनाको ज्यान गएको थियो ।

बिहीबार कोरोनाका कारण भारतमा एक हजार दुई सय १३ जनाको मृत्यु हुँदा अमेरिकामा एक हजार ८९ जनाको ज्यान गएको थियो ।
त्यस्तै कारोना भाइरस संक्रमित हुनेको संख्या पनि अमेरिकामा भन्दा भारतमा उच्च देखिएको छ ।

२४ घन्टामा अमेरिकामा ३१ हजार आठ सय ५७ जना संक्रमित भएका थिए । भारतमा भने सोही अवधिमा ९३ हजार दुई सय १५ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ ।