भारतमा आर्मी हेडक्वार्टर भित्रै फैलियो कोरोना सङ्क्रमण - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

भारतमा आर्मी हेडक्वार्टर भित्रै फैलियो कोरोना सङ्क्रमण



एजेन्सी- भारतको आर्मी हेडक्वार्टरमा कार्यरत एक सेनालाई कोरोना भाइरसको संक्रमण भएको छ।

आर्मी स्रोतलाई हवाला दिँदै भारतीय मिडिया द हिन्दुले ती संक्रमित सेना बस्ने नयाँ दिल्लीस्थित सेना भवनको ब्लकलाई सरसफाई र ‘डिसइन्फेक्सन’को काम भइरहेको उल्लेख गरेको छ।

संक्रमित सेनाको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान र क्वारेन्टाइनमा राख्ने काम पनि चलिरहेको सैनिक हेडक्वार्टरलाई उद्धृत गर्दै द हिन्दुले उल्लेख गरेको छ।