भारतमा एकैदिन २ लाख संक्रमित भेटिएपछि अवस्था तनावग्रस्त - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

भारतमा एकैदिन २ लाख संक्रमित भेटिएपछि अवस्था तनावग्रस्त



काठमाडौं- कोरोना संक्रमण ह्वात्तै बढेपछि भारतको अवस्था तनावग्रस्त बनेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप १ लाख ९४ हजार जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार भारतीय स्वास्थ्य मन्त्रालयले जनाए अनुसार सोही अवधिमा ४२४ जनाको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार ९ लाख ५५ हजार सक्रिय संक्रमित रहेका छन्।

दिल्ली लगायतका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गर्दापनि भारतमा गुणात्मक रूपमा संक्रमितहरू बढिरहेका छन् ।

भारतमा अहिलेसम्म कोरोना कारण ४ लाख ८४ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ।