आईपीएलमा नयाँ टिम: सात हजार करोडमा किनेको टिमको नाम सार्वजनिक - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

आईपीएलमा नयाँ टिम: सात हजार करोडमा किनेको टिमको नाम सार्वजनिक



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को नयाँ फ्रेन्चाइज टिमको नाम लखनउ सुपर जायन्ट राखिएको छ । आरपी सञ्जीव गोयन्का समूहले लिएको फ्रेन्चाइज टिमले सोमबार आफ्नो नाम सार्वजनिक गरेको हो ।

गोयन्का समूहले गएको अक्टोबरमा कीर्तिमानी सात हजार ९० करोड भारतीय रुपैयाँमा आईपीएलको टिम किनेको थियो । गएको साता लखनउ सुपर जायन्टका मालिक सञ्जीव गोयन्काले केएल राहुललाई कप्तान बनाउने घोषणा गरेका थिए ।

लखनउ जायन्टले राहुललाई १७ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । त्यो आईपीएलको सबैभन्दा ठूलो रकम हो । आरपी सञ्जीव गोयन्का समूहले यसअघि आईपीएल टिम पुणेको पनि स्वमित्व लिएको थियो । पुणेले सन् २०१६ र २०१७ को आईपीएल संस्करण खेलेको थियो ।

त्यति बेला चेन्नई सपर किंग्स र राजस्थान रोयल्सको स्थानमा अस्थायी रूपमा पुणेले खेलेको थियो । त्यति बेला पुणेको नाम राइजिङ पुणे सुपर जायन्ट राखिएको थियो ।

लखनउले अष्ट्रेलियाका अलराउन्डर मार्कुस स्टोइनिस र लेग स्पिनर रवि विश्नोईलाई पनि टिममा अनुबन्ध गरेको छ । स्टोइनिसलाई नौ करोड २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरिएको हो भने विश्नोईका लागि चार करोड खर्च गरिएको छ ।

आईपीएल आउँदो मार्च २७ बाट सुरु हुने बताइएको छ । प्रतियोगिता भारतमै गर्ने योजना बनाइएको छ । यद्यपि, कोभिड–१९ महामारीको अवस्था हेरेर निर्णय गरिने बताइएको छ ।