आइपिएल : राजस्थानको प्रभाव सुन्य, हैदरावादको शानदार जित - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

आइपिएल : राजस्थानको प्रभाव सुन्य, हैदरावादको शानदार जित



इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको जारी ११ औँ संस्करणमा सनराइजर्स हैदरावादले शानदार सुरुवात गरेको छ ।

लिग अन्तर्गत सोमबार बेलुका घरेलु मैदानमा भएको आफ्नो पहिलो खेलमा हैदरावादले राजस्थान रोयल्सलाई ९ विकेटले हराएर प्रभावशाली सुरुवात गरेको हो ।

राजस्थानले प्रस्तुत गरेको १२६ रनको लक्ष्य हैदरावादले मात्रै १५ औभर पाँच बलमा एक विकेटको क्षतिमा भेट्टायो । हैदरावादका लागि शिखर धवनले ५७ बलमा १३ चौका र एक छक्काको मद्दतमा नटआउट ७७ रन बनाए ।

यस्तै कप्तान केन विलियमसनले ३५ बलमा ३ चौका र १ छक्काको सहयोगमा नटआउट ३६ रनको योगदान दिए । सुरुमा आएका ऋद्धिमन साह पाँच बलमा पाँच रन बनाउँदा आउट भए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको राजस्थानले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १२५ रन बनायो । उसका लागि सञ्जु सामसोनले ४२ बलमा ४९ रन बनाए । यसैगरी श्रेयस गोपालले १८, राहुल त्रिपाठीले १७ तथा अजिन्क्या राहणेले १३ रन बनाए ।