इंग्ल्याण्ड ८५ रनमै अल आउट : बनायो कम रनको किर्तिमान - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

इंग्ल्याण्ड ८५ रनमै अल आउट : बनायो कम रनको किर्तिमान



काठमाडौं – एकदिवसीय विश्व विजेता इंग्ल्याण्डलाई टेस्ट क्रिकेटमा आयरल्याण्डले कमजोर सावित गरिदिएको छ । पहिलो इनिङमा इंग्ल्याण्डलाई ८५ रनमै अल आउट गर्दै आयरल्याण्डले उत्कृष्ट खेल देखाएको हो ।

इंग्ल्याण्डलाई घरेलु मैदानमा सस्तैमा समेट्न आयरल्याण्डका टिम मुर्तागले पाँच विकेट लिए । यस्तै मार्क एडरले तीन र बडी रानकिनले दुई विकेट लिए । मुर्तागको उत्कृष्ट बलिङकै सहायताले इंग्ल्याण्ड घरेलु मैदानमा सबैभन्दा कम रनमा समेटिएको हो । यसअघि इंग्ल्याण्डले घरेलु मैदानमा सबैभन्दा कम रन ८९ बनाएको थियो । जुन १९९५ मा बर्मिङहममा भएको वेस्ट इन्डिजविरुद्धको टेस्टमा थियो ।

टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डका लागि जोय डिन्लेले २३ रन, साम कुरानले १८ र ओली स्टोनले १९ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन जोड्न समेत सकेनन् ।

लन्चपछि आयरल्याण्डको इनिङ सुरु हुनेछ ।