अलपत्र नेपाली ल्याउन नहुने भनेपछि ईश्वर पोखरेलको विवादमा - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

अलपत्र नेपाली ल्याउन नहुने भनेपछि ईश्वर पोखरेलको विवादमा



काठमाडौं- नेपाल सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सिमानामा अलपत्र भएका नेपालीलाई नेपाल प्रवेश गर्न दिनुपर्ने तर्क गलत भएको बताएका छन् ।

राष्ट्रिय समाचार समितिसँगको कुराकानीमा उनले भावनामा बगेर नहुने भन्दै कसैलाई ल्याउन नसकिने बताएका छन् ।

लकडाउनको समयमा विभिन्न सिमानामा अलपत्र परेका नेपालीहरूको बिचल्ली भैरहेका बेला जो जहाँ छ त्यहीँ बस्नुपर्ने बताउँदै सीमानाकामा रहेका नेपालीको उद्दार गर्न नसकिने समेत बताएका छन् ।

चीन सरकारले सबै सुरक्षा दिने आस्वासन दिँदा पनि केहि नेपालीहरूलाई चार्टर्ड विमान विमानमा ल्याएको सरकारले नै भारतमा सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई ल्याउन नसकिने बताएपछि यसको चौतर्फी विरोध भैरहेको छ ।

देशैभर सबै स्थानीय तहले क्वारेन्टाइन बनाएका छन्, सबै क्वारेन्टाइन बस्तीभन्दा टाढा छन्, सीमा कैयौं दिन अलपत्र परेका नेपालीहरू सरकारले भनेकै ठाउँमा बस्न तयार हुँदापनि उनीहरूलाई ल्याउन नखोज्नु र अलपत्र छाड्नु राज्य र सरकार नागरिकप्रति उत्तरदायी छैन भन्दै बिरोध भैरहेको छ ।

विषम परिस्थितिमा सबैले सम्झने र सुरक्षित सम्झने भनेकै आफ्नै राज्य हो आफ्नै देश हो यस्तोमा सरकार र उपप्रधानमन्त्री समेतको नियतमै शंका भएको पीडितहरूले बताउने गरेका छन् ।

कतिपयले भारतबाट आउनेले कोरोनाको झोला नै बोकेर ल्याउने जस्तो ब्यबहार सरकारले गरेको आरोप समेत लगाएका छन् ।

मन्त्री पोखरेलले सीमानाका बन्द भएपछि पनि स्वदेश फर्किन नपाउने भन्दै दिएको अभिव्यक्ति सहि नभएको प्रतिपक्ष लगायतका दलले बताएका छन् ।

कतिपयले भने सरकारले व्यवस्थापन गर्नै नसकेकाले र कमजोरी लुकाउन यस्तो निर्णय गरेको बताएका छन् ।

भारतीय सीमा नाकामा अहिले पनि सयौं नेपालीहरू अलपत्र परेका छन् । खाने बस्ने केहि टुङ्गो छैन । कामको सिलसिलामा भारतमा गएका नेपालीहरू कम्पनि लगायत काम बन्द भएपछि फर्कंदा पनि सरकारले दोध्रो दर्जाको नागरिकको ब्यबहार गरेको भने पक्कै छ ।