इटालीमा मथ्थर हुँदै कोरोना सङ्क्रमण - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

इटालीमा मथ्थर हुँदै कोरोना सङ्क्रमण



एजेन्सी-इटलीमा डर लाग्दो ढङ्गमा बढिरहेको कोरोना सङ्क्रमणका बीच मृत्युदरमा आएको गिरावटले भने राहत दिलाएको छ । बुधबारसम्ममा यो भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ७५०३ पुगेको थियो ।

सो दिन ६८३ जनाको यो घातक भाइरसका कारण मृत्यु भएको थियो, जबकि मङ्गलबार ७४३ जनाले ज्यान गुमाएका थिए । इटलीमा सुधारको सङ्केत आइतबारदेखि देखिन थालेको हो ।

आइतबार ६५० टेकेकोमा सोमबार त्यो केही घटेर ६०२ जनामा सीमित हुन पुगेको थियो । इटलीमा सङ्क्रमितको सङ्ख्या विस्तारै चीनमा जत्ति नै पुगेकोछ ।

अहिले त्यहाँ सङ्क्रमितको सङ्ख्या ७४३८६ पुगेको छ । अहिले दैनिक रुपमा नयाँ केसको सङ्ख्यामा पनि कमी आउन थालेको छ । कोरोनाको केन्द्र मानिएको चीनमा भने स्थितिमा उल्लेखनीय सुधार आइसकेको छ । तीन महिनापछि चीनको वुहानमा बस सेवा सुचारु भएको छ ।

पछिल्ला दिनमा इटलीमा सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्यामा कमी आएपछि त्यहाँका स्वास्थ्य अधिकारीहरु केही खुसी देखिएका छन् । त्यहाँ ९३६२ जना सङ्क्रमितलाई उपचारपछि पूर्ण रुपमा ठीक भएको छ । सबैभन्दा प्रभावित क्षेत्र लाम्बाडी रिजनमा पनि नयाँ विरामी र मृत्यु हुनेको सङ्ख्यामा कमी आएको छ ।

इटलीमा सकारात्मक ट्रेन्ड तबदेखि देखिन थाल्यो जब कोरोना सङ्क्रमित एक नर्सले आत्महत्या गरिन् । ती नर्स लाम्बार्डी अस्पतालमा कार्यरत थिइन्, उनी आफ्नो कारण अरुलाई कोराना नसरोस् भन्ने चाहन्थिन् ।

यसै चिन्तामा रहेकी डेनिएला टे«जी नामका ती नर्सले आत्महत्या गरेकी थिइन् । उनलाई सङ्क्रमण पुष्टि भएपछि क्वारेन्टाइनमा राखिएको थियो ।