इटालीमा कोरोनाको बितण्डा: एकै दिनमा करिव ८ सयको ज्यान गयो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

इटालीमा कोरोनाको बितण्डा: एकै दिनमा करिव ८ सयको ज्यान गयो



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी इटाली प्रभावित बनेको छ ।

इटालीमा एकैदिन ७ सय ९३ को मृत्यु भएको छ । इटालीमा कोरोनाका कारण एकै दिन भएको यो अहिलेसम्मकै उच्च मृत्यु हो ।

शनिबार थप ७९३ को मृत्यु भएपछि इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ८ सय २५ पुगेको छ ।

इटालीमा पछिल्लो २४ घन्टामा मात्रै ६ हजार ५ सय भन्दा बढीमा नयाँ संक्रमण देखिएपछि संक्रमितको संख्या ५३ हजार ५ सय नाघेको छ ।