इटलीमा कोरोना महामारी: आपतकाल घोषणा, सहरहरू बन्द - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

इटलीमा कोरोना महामारी: आपतकाल घोषणा, सहरहरू बन्द



एजेन्सी- युरोपमा कोरोनाभाइरस संक्रमित भेटिएपछि इटलीले यसको प्रकोप नियन्त्रण गर्न असाधारण उपाय अपनाउने भएको छ।

कोरोना (कोभिड १९) का बिरामीको संख्या ७९ पुगेपछि शनिवार राती इटलीका प्रधानमन्त्री जुजेपे कोन्टेले आपत्कालीन योजना घोषणा गरेका बीबीसीले जनाएकाे छ।

यो घोषणा दुईजना इटालीयन नागरिकको कोभिड १९ का कारण मृत्यु भएपछि भएको हो।

योजना अन्तर्गत उत्तरी क्षेत्रका लोम्बार्डी र भेनेटोका एक दर्जन सहरहरूलाई क्वारन्टीनको अवस्थामा राखिएको छ। ती सहरका झन्डै ५० हजार मानिसलाई घरभित्रै रहन भनिएको छ।

त्यहाँ सबै विद्यालय र खेलकुद गतिविधि निलम्बन गरिएको छ। आइतवार त्यहाँ सीरी ए का केही फुटबल खेल हुने तालिका थियो।

प्रहरी र आवश्यक परे सशस्त्र प्रहरी ती नियमहरू पालना गराउन परिचालित गरिने बताइएको छ। इटलीका अधिकारीले कोरोनाभाइरस फैलिएको र यस्ता उपायविना नियन्त्रण गर्न नसकिने बताएका छन्।

चीनको हुबे प्रान्तमा गत वर्ष शुरू भएको कोरोनाभाइरस २६ देशमा फैलिसकेको छ। यसबाट चीनबाहिर १४ सय भन्दा बढी संक्रमित पाइएका छन्। ११ जनाको मृत्यु भइसकेको छ।