इतर समूहको बैठकमा किन आएनन् विश्वप्रकाश शर्मा र प्रदीप पौडेल ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

इतर समूहको बैठकमा किन आएनन् विश्वप्रकाश शर्मा र प्रदीप पौडेल ?



नेपाली कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रियामा देउवा इतर समूहलाई सघाएका नेताहरू इतर समूहको बैठकमा भने देखिएनन् । दलको नेता चयनमा गगन थापाको कित्तामा उभिएका महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल भने बैठकमा उपस्थित भएनन्।
संसदीय दलको निर्वाचनमा इतरको कित्तामा उभिएसँगै इतरको महत्वपूर्ण निर्णय प्रक्रियाका नेताद्वयको उपस्थिति चासोको विषय बनेको थियो। बैठकमा शर्मा र पौडेलको अनुपस्थितिलाई अर्थपूर्ण मानिएको छ ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले सबैलाई जानकारी नगरिएको र काठमाडौंमा उपलब्ध नेताबीच सामान्य छलफल मात्रै भएकाले उपस्थित नभएको बताए।

‘यो सामान्य छलफल थियो, सबैलाई जानकारी थिएन। उहाँहरूलाई जानकारी नभएकाले आउनुभएन। अब बस्ने बैठकमा व्यापक छलफल र रणनीति तय हुन्छ। त्यो बैठकमा उहाँहरूको उपस्थिति रहनेछ,’ केसीले भने।

नेता पौडेलले भने बैठकबारे आफूले जानकारी नपाएकाले बैठकमा उपस्थित नभएको बताए। ‘बैठकबारे जानकारी थिएन,’ पौडेलको प्रतिक्रिया छ। ६ पुसमा संसदीय दलको नेता चयनको प्रक्रियासँगै महामन्त्री शर्मा र पौडेल रूपान्तरणको पक्षमा भन्दै इतर समूहको पक्षमा उभिएका थिए।