जबरजस्ती अनेरास्ववियु प्रवेश गराईएको भन्दै आपत्ति - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

जबरजस्ती अनेरास्ववियु प्रवेश गराईएको भन्दै आपत्ति



सैनामैनौ , २ फागुन
नेपाल विद्यार्थी सङ्घ सहिद नारायण पोखरेल रामापुर क्याम्पस ईकाई समितिको सह–सचिव सञ्जय चौधरीले आफूलाई जबरजस्ती अनेरास्ववियु प्रवेश गराईएको भन्दै आपत्ति जनाएका छन् ।

सह सचिव चौधरीले हिजो  प्रेस विज्ञप्ति निकाली आफूलाई कामको सिलसिलामा बोलाई अबिर लगाएर सदस्यदा दिएको र फोटो खिचि समाजीक सञ्चाल फेसबुकमा राखिएको प्रति घोर आपत्ति जनाएका छन् । स्ववियु निर्वाचन नजिकिदै आउँदै विद्याथीमो चुनावी महोलले क्याम्पस तातेको छ ।

आफू बिचार , निष्ठा सहित नेपाल विद्यार्थी सङ्घमा लागेका पनि प्रेस विज्ञप्तिमा लेखिएको छ । मेरो अस्तित्व माथि आँच आउने गरी सामाजिक सञ्जालमा फोटो राख्ने र सङ्गठनका साथीहरूलाई भड्काउने काम गरेको हुँदा उक्त लज्जास्पद कार्य प्रति म खेद प्रकट गर्दछु भन्दै उनको हस्ताक्षर सहित लेखिएको छ ।