जबर्जस्ती करणीको आरोपमा तीन जना पक्राउ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

जबर्जस्ती करणीको आरोपमा तीन जना पक्राउ



कैलाली । कैलालीको कैलारी गाउँपालिका-८ लोहरपुरबाट जबर्जस्ति करणी गरेको आरोपमा तीन जना युवक बुधबार पक्राउ परेका छन ।

स्थानीय अन्दाजी चौध बर्षिया बालिकालाई जबर्जस्ति करणी गरेको आरोपमा ईलाका प्रहरी कार्यलय हसुलियाले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लक्ष्मी चौधरी , सुमित चौधरी र रोहित चौधरी रहेका छन । उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धनगढी चलान गरिएको छ ।

घटना सोमबार भएको प्रहरीले जनाएको छ । जबर्जस्ति करणी कै आरोपमा संलग्न प्रमेश्वर चौधरीलाई भने सोमबार नै पक्राउ गरि जिल्ला प्रहरी कार्यालय धनगढी चलान गरिसकेको ईलाका प्रहरी कार्यालय हसुलियाका प्रहरी नायव निरीक्षक रामचन्द्र पन्तले जानकारी दिए।