विशेष कार्यक्रम लिएर आउने जगन्नाथ पौडेलको घोषणा - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

विशेष कार्यक्रम लिएर आउने जगन्नाथ पौडेलको घोषणा



काठमाडौं- चितवनको भरतपुर महानगरपालिकामा मेयरका स्वतन्त्र उमेदवार रहेका जगन्नाथ पौडेलले आफू विशेष कार्यक्रम लिएर फेरि आउने बताएका छन् ।

पौडेलले आफूलाई मतदान गर्ने नगरबासीलाई धन्यवाद ज्ञापन गर्दै विशेष कार्यक्रममार्फत् फेरि आउने बताएका हुन् ।

भरतपुरमा नेकपा माओवादी केन्द्रकी नेतृ रेनु दाहाल विजयी भएपछि सामाजिक सञ्जालमार्फत् उनले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, “भरतपुर महानगरपालिकाको आज सम्पन्न मतगणनाबाट मलाई प्राप्त प्रत्यक्ष करिब १५००० र बदर मतसमेत करिब १० हजार गरी २५ हजार महानगरबासी मेरा मित्र कांग्रेसजन र अन्य बुद्धिजीवी समाजसेवीसमेतबाट प्राप्त माया र स्नेह र सहयोगका लागि हार्दिक आभार एवम् कृतज्ञता ज्ञापन गर्न चाहन्छु र म छिट्टै विशेष कार्यक्रममार्फत् तपाईंहरुको सामिप्यमा आउने प्रतिबतासमेत व्यक्त गर्न चाहन्छु।”