जहाज दुर्घटना हुँदा अमेरिकामा ९ जनाको ज्यान गयो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

जहाज दुर्घटना हुँदा अमेरिकामा ९ जनाको ज्यान गयो



एजेन्सी : अमेरिकाको साउथ डाकोटास्थित जहाज दुर्घटना हुँदा नौजनाको मृत्यु भएको छ । तीनजना घाइते छन् ।

मृत्यु हुनेमा बालबालिका पनि छन् । ‘पिलाटस पिसी-१२’ नामको जहाज उड्ने क्रममा दुर्घटनामा परेको हो । चम्बरलेन एयरपोर्टबाट २ किलोमिटर पर मात्रै दुर्घटना भएको अमेरिकी संघीय उड्डयन प्रशासनले जनाएको छ ।

सिङ्गल इन्जिनको उक्त जहाजमा पाइलट सहित जम्मा १२ जना सवार थिए । अमेरिकी मिडियाका अनुसार दुर्घटनामा बाँच्ने तीनजालाई उपचारका लागि सिआक्स फल्स अस्पताल लगिएको छ ।