जमुना राना र धुर्व रानाको स्वरमा “जल्पाकी नानी” सार्वजनिक - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

जमुना राना र धुर्व रानाको स्वरमा “जल्पाकी नानी” सार्वजनिक



समीर प्रकाश पाण्डे/चैत्र १८ 

लोक तथा दोहोरी गीत सङ्गीत क्षेत्रमा मौलिक सृजनाहरू बजारमा प्रस्तुत गर्ने क्रममा बहुचर्चित लोकदोहोरी गायिका जमुना राना र धुर्व राना को सुमधुर आवाजमा साजन थापाको को सालैजो गीत “जल्पाकी नानी” सार्वजनिक भएको छ ।

सुजन म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको यस गीतमा शब्द भने सर्जक हुम गैरेले भरेका छन् भने लय जमुना रानाकै रहेको छ ।मौलिक ठेट सृजनामा सिर्जित यस सालैजो गीत अहिले डिजिटल बजारमा दर्शक श्रोताको मन जित्न सक्छ सक्देन त्यो चाहिँ हेर्न बाकी छ ।

चर्चित निर्देशक स्मृति तिमिल्सिना गुरुआमा को निर्देशनमा तयार यस गीतमा अभिनय भने साजन, कृष्ण, सिताराम, सरिता, शुष्माले गरेका छन् ।दुर्गा पौडेलको छायांकन र दीपक विष्टको सम्पादनमा गीतको म्युजिक भिडियो तयार भएको हो ।गीत निकै मौलिक र सरल रहेको गायिका जमुना रानाले जानकारी दिनुभयो ।