प्रथम जनज्योति कप : जनज्योति क्लव सेमिफाईनलमा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रथम जनज्योति कप : जनज्योति क्लव सेमिफाईनलमा



बुटवल । रूपन्देहीको तिलोत्तमा–४ डिङ्गरनगरमा जारी प्रथम जनज्योति कप फूलबल प्रतियोगिता अन्तर्गत आईतबार भएको खेलमा आयोजक जनज्योति क्लव डिङगनर विजयी भएको छ ।

क्वाटरफाईनलमा दपर्ण युवा क्लव कपिलबस्तुलाई २–० ले हराउँदै आयोजक जनज्योति क्लव विजयी भएको हो । विजयी संगै जनज्योति क्लव सेमिफाईनलमा प्रवेश गरेको छ ।
जनज्योतिका लागि दिपक हेम्जेमले दुई गोल गरे । खेलको २० औं र २६ औं मिनेटमा उनले गोल गरेका थिए । केह िअवसर पाएपनि दपर्णले गोल गर्न नसक्दा निर्धारित समयको खेल २–० को स्थितीमा पुगेको थियो ।

प्रतियोगितामा दपर्णका गोलरक्षक दिपक राना म्यान अफदी म्याच घोषित भए ।
१५ गते सम्पन्न हुने प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ११ हजार १११ रूपैया, द्वितीयले ५५ हजार ५ सय वेष्ट टिमले २५ हजार प्राप्त गर्ने छ ।

त्यसैगरी उत्कृष्ट गोलरक्षक, फिल्डर, हाईस्कोलर खेलाडीले ५ हजार प्राप्त गर्ने खेल संयोजक जयरसिंह रानाले जानाकारी दिए । प्रतियोगिता सम्पन्न गर्न २५ लाख रूपैयाँ लाग्ने आयोजकको अनुमान छ । प्रतियोगिता अन्तर्गत भोली क्रियष्टियन युवा क्लव बुटवल र नारायणगढ फुटवल क्लवका बीच हुनेछ ।