‘मोदी मुर्दावाद’ भन्दै जनकपुरका जनता सडकमा उत्रिए - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

‘मोदी मुर्दावाद’ भन्दै जनकपुरका जनता सडकमा उत्रिए



जनकपुरधाम । भारतले आफ्नो नयाँ नक्सामा नेपालको भूभाग समेटेपछि देशैभर बिरोध प्रदर्शन भैरहेको छ। प्रदेश २ को राजधानी जनकपुरधाममा पनि बिरोध प्रदर्शन भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बिरोध गर्दै ‘मोदी मुर्दावाद’ नारा लगाउंदै जनता सडकमा उत्रिएका छन् ।

जनकपुरधाममा नेपाली भू-भागलाई भारतले आफ्नो नक्सामा समावेश गरेको बिरोधमा सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूले शनिबार प्रदर्शन गरेको हो ।

प्रदर्शनका सहभागीहरुले ‘गोे ब्याक इण्डिया, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो’ लगायतका नारा लेखिएको ब्यानर बोकेका थिए । उनीहरुले मोदी मुर्दावादको नारा पनि लगाएका छन् ।

प्रदर्शन नगरको बिभिन्न भाग परिक्रमा गर्दै स्थानीय जनक चोकमा कोणसभामा परिणत भएको थियो । कोणसभामा बक्ताहरुले भारतले नक्सामा नसच्याए आन्दोलन चर्काउने बताएका छन् ।