मन्त्रीमा सुरेन्द्र पाण्डे र जनार्दन शर्माको नाम - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

मन्त्रीमा सुरेन्द्र पाण्डे र जनार्दन शर्माको नाम



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले तयारी गरेको मन्त्रिपरिषद हेरफेरमा सुरेन्द्र पाण्डे र जनार्दन शर्माले इन्ट्री गर्ने सम्भावना छ ।

अहिलेसम्म परिवर्तन गर्ने र हटाउने मन्त्रीहरूको नाम गोप्य राखीए पनि स्रोतले जनाएअनुसार सुरेन्द्र पाण्डे र जनार्दन शर्माले मन्त्रालय पाउने सम्भावना बढी छ ।

हिजो साँझ बसेको मन्त्रिपरिषद बैठकमा ओलीले बुधबार मन्त्रिपरिषद हेरफेर गर्ने जानकारी गराएपनि विशेष कारणबस बुधबार घोषणा नगरिने भएको हो ।

स्रोतका अनुसार मातृका प्रसाद यादव, चक्रपाणि खनाल, गोकर्ण विष्ट र लालबाबु पण्डितलाई हटाउने र काम गर्नसक्ने दखल हेरेर सुरेन्द्र पाण्डे, वर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे, कृष्णगोपाल श्रेष्ठ, र जनार्दन शर्मालाई ल्याईने बताइएको छ ।