अर्घाखाँचीकै कान्छा उमेदवार भन्छन्, जनताको आशाको केन्द्र हो विवेकशील साझा । - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अर्घाखाँचीकै कान्छा उमेदवार भन्छन्, जनताको आशाको केन्द्र हो विवेकशील साझा ।



२८ कार्तिक/अर्घाखाँची

अर्घाखाँची जिल्लामा प्रतिस्पर्धा गरिरहेका उमेदवार मध्य सबैभन्दा कान्छा उमेदवार हरिप्रसाद भुसाल यतिखेर चुनावी प्रचार प्रसारमा व्यस्त छन् , उनले विवेकशील साझा पार्टीबाट अर्घाखाँची जिल्लाको क्षेत्र नम्बर १ मा प्रदेश सभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएका हुन । लामो समय पत्रकारिता गरेका भुसाल हालै मात्रै पत्रकारिता पेसालाई बिट मार्दै राजनीतिमा होमिएका हुन ।

हिमाल पोस्ट सङ्ग कुराकानी गर्दै भुसालले राजनीतिमा देखिएको बेथिति अन्त्य गर्न र समृद्ध नेपाल बनाउने अभियानमा विवेकशील साझा पार्टीबाट धेरै आशा र विश्वास पलाएकोले यस  अभियानमा केही योगदान गर्न सकिन्छ कि भनेर राजनीतिमा लागेको बताउँदै देश भरीका जनताको लागि विवेकशील साझा पार्टी आशाको केन्द्र बनेको बताउनु भयो ।

पुराना दलहरू राजनीतिक क्रान्तिमा आजसम्म पुर्‍याएको योगदानको लागि धन्यवाद दिँदै ती दल र ती दलका आसेपासे नेता कार्यकर्ता अहिले भ्रष्टाचारमा चुर्लुम्म डुबेकाले देशमा बेथिति मौलाएको हुँदा ती दल बाट मुलुकले समृद्धि हासिल गर्न नसक्ने उहाँको दाबी थियो । यश पटकको निर्वाचनमा आफू युवालाई आन्दोलनमा मात्रै प्रयोग गर्ने तर नेतृत्वमा पठाउन नसक्ने प्रबृतिको विरुद्ध हजारौँ युवा हरुको प्रतिनिधिको रूपमा आएको भन्दै आफूलाई मत दिन सबै जनता सङ्ग आह्वान गरेका छन्, विवेकशील साझा पार्टी यश पटक राष्ट्रिय पार्टी बन्ने र अर्को पटक देशको नेतृत्व गर्ने योजना सहित अघि बढेको उनले बताए ।

विवेकशील साझा पार्टीले अर्घाखाँचीमा प्रतिनिधि सभा सदस्य पदका लागि बिस्णुप्रसाद मिश्र र प्रदेश सभा सदस्य पदका लागि क्षेत्र नम्बर १ मा हरिप्रसाद भुसाललाई उमेदवारको रूपमा उठाएको छ ।