जापानमा यतिहासिक तीज कार्यक्रम, कलाकारले नचाए नेपाली - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

जापानमा यतिहासिक तीज कार्यक्रम, कलाकारले नचाए नेपाली



काठमाडौं । डेस्टिनि क्रिएसनले जापानमा आयोजना गरेको ‘तीज फेस्टिवल २०१९’ सम्पन्न भएको छ । क्रिएसनले नेपालबाट कलाबारहरूलाई बोलायर भव्य रुपमा तीज विशेष कार्यक्रमको आयोजना गरेको हो ।

विदेशमा रहेका नेपालीमाझ रमाइलो गर्नुका साथै संस्कृतिको जगर्ने हुने र अन्तर्राष्ट्रिय स्तरमा नेपाली संस्कृतिको प्रचार हुने भएकाले उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा नेपालबाट कलाकारहरू बद्रि पंगेनी, मञ्जु पाौडेल, पशुपति शर्मा, रमेशराज भट्टराई, प्रताप दाश र सम्झना भण्डारीलाई बोलाइएको थियो ।

गायिका पौडेलका अनुसार कार्यक्रम निकै भव्य रुपमा सम्पन्न भएको छ । उनले जापानमा आफूले सोचभन्दा निकै दर्शको माया पाएको प्रतिक्रिया दिइन् । करिव तीन हजार हाराहारीमा दर्शकको उपस्थित रहेको उनले बताइन् ।

आफू यसअघि पनि थुप्रै पटक जापानमा तीज विशेष कार्यक्रममा आएको भए पनि यसपटकको उपस्थितिले आफू निकै हौसिएको उनले बताइन् ।

यस्तै गायक पशुपति शर्माले विदेशमा आयोजना हुने यस्ता कार्यक्रमले हाम्रौ संस्कृतिलाई अन्र्ताष्ट्रिय करण गर्न टेवा पुग्ने बताए । उनले नेपालीले विश्वको जुन सुकै कुनामा गए पनि आफ्नो संस्कृतिलाई अघाद माया गर्ने गरेको बताए ।

कार्यक्रम जापानस्थित शिवा पार्कमा भएको थियो । आयोजकले वालवालिका बेचविखनविरुद्धको अभियानलाई सहयोग गर्न कार्यक्रम आयोजना गरेको हो ।