जापानमा भयानक तुफान: ७० लाख भन्दा बढी मानिस प्रभावित - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

जापानमा भयानक तुफान: ७० लाख भन्दा बढी मानिस प्रभावित



बीबीसी। जापानमा तुफानसहित आएको वर्षाले धेरैजसो भूभाग अस्तव्यस्त बनाएको छ । त्यसबाट कम्तिमा ५ जनाको मृत्यु भएको जनाइएको छ । अन्य थुप्रै मानिस हराइरहेका छन् ।

यति भयानक तुफान जापानको इतिहासमै ६० वर्षपछि आएको बताइएको छ । चक्रवाती तुफान हेगीबीस राजधानी टोक्योको दक्षिण पश्चिममा रहेको इजु प्रायदीपको मुख्य भूमिमा स्थानीय समयअनुसार साँझ ७ बजेतिर ठोक्किएको थियो । यो तुफान २२५ किमी प्रतिघण्टाको गतिमा देशको पूर्वी तटतर्फ अघि बढिरहेको छ ।

तुफानका कारणले ठूलो क्षति भएको जनाइएको छ । टोक्योको पूर्वस्थित चिबामा एक व्यक्तिको आफ्नो कार पल्टेर मृत्यु भएको थियो । कम्तिमा ६० जना अन्य मानिस घाइते भएको जनाइएको छ । अवस्था गम्भीर भएका कारण ७० लाख भन्दा बढी मानिसलाई घर छोडेर सुरक्षित स्थानमा जान प्रशासनले आग्रह गरेको छ । यद्यपि करिब ५० हजार मानिसमात्रै घर छोडेर सुरक्षित स्थानतर्फ निस्केका छन् ।

रेल सेवा बन्द भएको छ भने हजारभन्दा बढी विमान विमानस्थलमै रोकेर राखिएको छ । हजारौं घरमा बिजुली नहुँदा अन्धकार छाएको छ । मौसम विभागले शनिबार र आइतबार भारी वर्षा हुन सक्ने जनाएको छ । भारी वर्षाका कारण पहिरो र बाढीको पनि खतरा रहेको बताइएको छ ।