अस्ताए जनताको आशा जीवन चौहान । - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अस्ताए जनताको आशा जीवन चौहान ।



कमल बिष्ट /अर्घाखाँची

गत स्थानीय तह निर्वाचनमा जनताले आशा र भरोसा गरी दिएको विश्वासको मतले विजयी भएका जनप्रतिनिधि जीवन चौहानको निधन भएको छ ।

मोटर साइकल दुर्घटनामा परि घाइते हुनुभएका मालारानी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष तथा नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य जीवन चौहानको निधन भएको छ । मङ्सिर २६ गते रुपन्देहीको वनकट्टामा दूध बोकेको ट्याङकरले उहाँले चलाएको मोटरसाइकलाई ठक्कर दिँदा गम्भीर घाइते हुनु भएको थियो ।

५१ वर्षीय चौहानको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा निधन भएको हो । उहाँको चितवनको देवघाटमा अन्त्यष्टी गरिएको छ । उहाँलाई अन्तिम श्रदाञ्जली दिन अर्घाखाँची जिल्लाका प्रतिनिधि सभा सांसद टोपबहादुर रायमाझी, प्रदेश सभा क्षेत्र क्षेत्र नं. १ का सांसद चेतनारायण आचार्य, प्रदेश सभा क्षेत्र नं. २ का सांसद रामी प्रसाद घिमिरे, नेकपा माओवादी केन्द्रका केन्द्रयि सचिवालय सदस्य चन्द्र बहादुर खड्का उज्जवल लगायतका नेता कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको एमाले जिल्ला कमिटी सदस्य लिलबहादुर विकले जानकारी दिनु भयो ।