बिदा हुन लाग्दा धर्धरी रोईन् रामकुमारी झाँक्री - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बिदा हुन लाग्दा धर्धरी रोईन् रामकुमारी झाँक्री



काठमाडौँ- सहरी विकासमन्त्री रामकुमारी झाँक्री मन्त्रालयबाट बिदा हुन लाग्दा धर्धरी रोएकी छन् । मन्त्रालयमा आइतबार बेलुकी आयोजित पत्रकार सम्मेलन सुरुवातमै उनी रोएकी हुन् ।

उनी कार्यक्रम सुरु हुँदै गर्दा मन्त्री झाँक्री आफूले वाचन गर्ने पत्र हेर्दै टिस्यु पेपरले आँसु पुछेकी हुन् । पार्टी सचिवालय बैठक फिर्ता बोलाउने निर्णय गरे पनि राजीनामा नदिने अडान राखेकी मन्त्री झाँक्रीले अन्तिममा आइतबार बाहिरिने निर्णयमा पुगेकी हुन् ।

मन्त्री झाँक्रीसँगै नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुले आइतबार राजीनामा दिएर मार्गप्रशस्त गर्दैछन् ।