माधवसँग चर्काचर्की लगत्तै झाँक्रीले ल्याईन नयाँ पार्टी खोल्ने प्रस्ताव - Himal Post Himal Post
  • २८ मंसिर २०८२, शनिबार
  •      Sat Dec 13 2025
Logo

माधवसँग चर्काचर्की लगत्तै झाँक्रीले ल्याईन नयाँ पार्टी खोल्ने प्रस्ताव



सहरी विकाशमन्त्री तथा नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले अलग्गै पार्टी निर्माणको प्रस्ताव गरेकी छन्।

नेकपा एकीकृत समाजवादीमा मन्त्री फेरबदल र अन्य विषयमा लफडा चलिरहेका बेला उनले गरेको यस्तो प्रस्तावले पार्टीमै हलचल ल्याएको छ । मन्त्री फिर्ताको निर्णयलाई लिएर नेकपा एकीकृत समाजवादी पार्टीभित्र अहिले चर्को मतभेद चलिरहेको छ ।

सरकारबाट फिर्ता हुने विषयमा कोटेश्वरस्थित माधव नेपालको निवासमै बादबिबाद गरेकी थिइन् । नेतृत्वले लिएको निर्णयमै बिमत्ति जनाएर उनले चुनौती दिएकि छन् ।

पार्टीका शिर्ष नेताहरूसँग चर्काचर्की गरेर फर्किएकी झाँक्रीको यस्तो प्रस्तावलाई अर्थपूर्ण मान्न सकिन्छ । उनले गरेको प्रस्तावको खास अर्थ भएको केही नेताहरूले अर्थ्याएका छन् ।

नेपाल निवास कोटेश्वरमा मन्त्रीबाट फिर्ता गराउने भए विभिन्न पाँच शर्त पूरा गर्नुपर्ने अडान अध्यक्ष झाँक्रीसहितका मन्त्रीहरूले राखेका थिए।

उक्त विवादले समाजवादीमा झनै तरंग ल्याएको छ । समाजवादीले झाँक्रीसहितलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गत जेठ १७ गते नै गरेको थियो। तर पर्यटनमन्त्री प्रेम आलेसहितले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यो निर्णय कार्यान्वयन नगर्न दबाब दिएका थिए।

बिहीबारको समाजवादी सचिवालय बैठकले पनि मन्त्री फिर्ताको निर्णय कार्यान्वयन हुनुपर्ने निर्णय गरेको छ । त्यसपछि झाँक्रीले अलग्गै महिलावादी पार्टीको परिकल्पना गरेकी हुन्।

फिर्ताको निर्णयलाई लिएर नेताहरुबीच विवाद भएको छ पार्टी अध्यक्ष नेपाल र नेता झलनाथ खनालको। यही विवादबीच झाँक्रील महिलावादी पार्टीको बहस सुरु गरेकी हुन्।

झाँक्रीले फिलिपिन्सको ‘द ग्याब्रिएला वुमेन्स पार्टी’को उदाहरण दिएर नेपालमा पनि त्यस्तै पार्टीको जरुरी रहेको तर्क गरेकी छन्।

नेपालमा पनि त्यस्तै पार्टी जरुरी छ। यसमा बहस र प्रतिक्रिया जनाउनुहोस्,’ उनले अंग्रेजी भाषा प्रयोग गर्दै भनेकी छन्।

उनले उक्त ट्विटमा ‘द ग्याब्रिएला वुमन्स पार्टी’ को व्याख्या पनि गरेकी छन्। झाँक्रीले ग्याब्रिएला फिलिपिन्सको एउटा प्रगतिशील राजनीतिक पार्टी भएको बताउँदै जसले महिलाको विषय र संसदमा महिलाको प्रतिनिधित्वबारे वकालत गर्ने उनले दाबी गरेकी छन्।