जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना, चार स्थानमा एकैसाथ काम सुरू « Himal Post | Online News Revolution
Logo

जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना, चार स्थानमा एकैसाथ काम सुरू



काठमाडौं- संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले शुरु गरेको जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) अन्र्तगत आइतबारबाट काठमाण्डौंका विभिन्न स्थानकमा एकैसाथ काम शुरु भएको छ ।

परियोजनाले ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) सँगको सहकार्यमा नारायणहिटी दरबार संग्रहालयमा सयजना, चन्द्रागिरीको मातातिर्थमा सयजना र सहित स्मारक प्रकृती प्रतिष्ठान थानकोटमा ६० जना पर्यटन मजदुरहरुलाई काममा लगाइएको छ । यस्तै होटल एशोसिएशन नेपाल ९हान० सँगको ४० जना बढिले काम शुरु गरेको छ । जसअनुसार आइतवारमात्र करिब तीन सय बढि पर्यटन क्षेत्रका श्रमिक तथा मजदूर काममा जोडिएका छन् ।

यस्तै परियोजना अन्र्तगत काठमाण्डौं कै किर्तीपूर र काठमाण्डौं बाहिरका पर्वतको जलजला,सखुवासभाको चिचिलामा गरी करिव २ सय ५० जना श्रमिकहरु काममा आवद्ध भएको परियोजनाले जानकारी दिएको छ । परियोजनाले पर्यटनका विभिन्न छाता संस्थाहरूका साथै काठमाण्डौको किर्तीपुर, भक्तपुरको चाँगुनारायण, मकवानपरको थाहा, चितवनको रत्ननगर नगरपालिकासँगै ताप्लेजुङ ,सोलुखुम्बुका,संखुवासभा,मुस्ताङ,पर्वत र ओखरढुङगा एक एक गरी १० ओटा स्थानीय तहसँग सम्झौता गरी जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना शुरु गरिसकेको छ ।

दुई वर्ष ६ महिना अवधिको परियोजनाका लागि पर्यटन बोर्डले १० लाख डलर तथा युएनडिपीका तर्फबाट १० लाख ५० हजार सहलगानी गरी कूल २० लाख ५० हजार अमेरिकी डलर बराबरको रकम खर्च गरिनेछ । विशेषगरी पर्यटन क्षेत्रका करिब ५ हजार मजदूरलाई अल्पकालीन रोजगारी सिर्जना गरि राहत पु¥याईने परियोजनाको लक्ष्य छ । यस्तै बोर्डले देशभरका स्थानीय तहसँग पनि साझेदारी गरी थप दुई हजारभन्दा बढीलाई रोजगारी दिइने लक्ष्य लिएको छ । परियोजनाले विशेषगरी पदमार्ग, जलयात्रा (राफ्टिङ्ग) गरिने नदी, ट्रेकिङ्ग ट्रेल, हिमाल आरोहण क्षेत्र तथा अन्य पर्यटकीय सम्पदाहरूमा क्षेत्र निर्धारण गरी पर्यटन मजदुरलाई अल्पकालीन रोजगारी दिइने बोर्डका सूचना अधिकारी तथा परियोजनाका राष्ट्रिय परियोजना संयोजक मणिराज लामिछानेले जानकारी दिए ।

चन्द्रागिरीमा आयोजित कार्यक्रममा चन्दागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदी, बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय परियोजना संयोजक मणिराज लामिछाने लगायतले काम शुभारम्भ गराएका थिए । कार्यक्रमा मेयर गिरीले यो कार्यक्रमले पर्यटकीय सम्पदाहरुको संरक्षण सम्वद्र्धन सहयोग पुग्ने बताए । यस्तै टानका अध्यक्ष सुवेदीले महामारीले पर्यटन क्षेत्रमा ठूलो रोजगारी गुमेको अवस्थामा यस परियोजनाले पर्यटन मजदुरका लागि थोरै भएपनि राहत प्रदान गर्ने बताउँदै टानले यसको व्यवहारिक कार्यान्वयनमा जोड दिएको बताए ।

यस्तै नारायणहिटी परिषरमा मजदुरसँग काम हस्तान्तरण कार्यक्रममा संग्रहालयका कार्यकारी निर्देशक भेषराज दाहालले सँग्रहालयमा गरिने सरसफाई लगायतका कामले ऐतिहासक पर्यटकीय गन्तव्यको आर्कषण कायम रहने मात्र नभई कोभिडले समस्यामा रहेका मजदुरलाई अल्पकालीन भएपनि रोजगारी प्रदान गर्नु सकारात्मक भएको बताए । यस्तै बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले कोरोना महामारीका कारण पर्यटन क्षेत्रका धेरै मजदुरले रोजगारी गुमाएको अवस्थामा यस परियोजनाले ती मजदुरको लागि छोटो अवधीको भएपनि रोजगारीको अवसर सिर्जना गर्ने बताए । टानका महासचिव सरिता लामाले कोभिड महामारीले पर्यटन क्षेत्र सबैभन्दा बढि प्रभावित भएको भन्दै यसले मजदूरहरूका लागि थोरै भएपनि राहत पु-याउने बताए ।

यस्तै कार्यक्रमको काठमाडौं महानगरपालिका र होटल संघ (हान) सँगको समन्वयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिषरमा काम सुरु गरिएको छ । कार्यक्रमा हानका प्रथम उपाध्यक्ष विनायक शाहले यस कार्यक्रमले कोभिडबाट प्रभावित श्रमिकहरुलाई सहयोग पुग्ने बताए । कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं ९ का वडा सदस्य श्रीराम राईले यस कार्यक्रमको सराहना गर्दै कार्यक्रम सफलताका लागि वडाबाट सक्दो सहयोग पुग्ने बताए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुनिल शर्मा, हानका महासचिव साजन शाक्य लगायतले यस प्रकारका कार्यक्रमले जनशीत्तललाई टिकाइराख्न सहयोग पग्ने बताए । परियोजना अन्र्तगत पहिलो चरणमा नेपालका मुख्य पर्यटकीय क्षेत्रमा रहेका अतिप्रभावित एक हजार ६०० जनशक्तिलाई पर्यटकीय क्षेत्रको सरसफाइ, पद मार्गको मर्मतसम्भार, पैदल मार्गका सिँढी मर्मतसम्भार, सङ्केत चिन्हको स्थापन तथा मर्मत सम्भारलगायतका कार्यमा संलग्न गराई ६४ हजार कार्य दिन ९ मेन डेज ० बराबरको रोजगारी प्रदान गरिने लक्ष्य अनुरुप काम शुरु गरिएको संयोजक लामिछानेले जानकारी दिए ।

आउँदा दिनका क्रमशः अन्य स्थानीय तह तथा संघ संस्थाहरुसँग सम्झौता गर्दै काम अगाडि बढाइने लक्ष्य परियोजनाले लिएको छ ।