जेटि क्रीकेट कप : सनराइज मावि विजयी - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

जेटि क्रीकेट कप : सनराइज मावि विजयी



बौनिया,कैलाली । पाचौं जेटि कपमा शुक्रबार भएका तिन खेलमा द सनराईज ,नाता र क्याम्बृज बिजयी भएका छन् । शुक्रबार बिहान भएको खेलमा स्वयम्भूनाथ लम्किलाई ५ रनले पराजित गर्दै द सनराईज बिजयी भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको शन राईज मा बि ले निर्धारित १५ ओभर मध्य ९.४ ओभर खेल्दै ४६ रन बनाउन सफल भएको थियो । स्वयम्भूनाथका लागि मनिष न्यौपानेले ३ बिकेट लिन सफल भएका थिए । ४७ रनको बिजयि लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको श्यम्भुअनाथ लम्की निर्धारित १५ ओभर मध्य ९.१ ओभर खेल्दै अल आउट हुदै ४१ रन मात्र बनाउन सक्यो र ५ रनको हार ब्यहोर्दै प्रतियोगिता बाट बाहिरिएको हो । शन राईजलाई जित दिलाउने क्रममा प्रज्वल बि क ले ४ बिकेट लिन स्फल भएका थिए । उनि म्यान अफ द म्याच बन्न सफल भए ।

यसै गरि आज बिहान भएको दोस्रो खेलमा नाता बिजयी भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नाता एकाडमी लम्किले निर्धारित १५ ओभर खेल्दै १०३ रन बनाउन सफल भएको थियो । नाता का लागी हिमाल थापाले २२ र सिमन्त बि सि ले २४ रनको योगदान गरेका थिए । १०४ रनको बिजयी लक्ष्य लिएर मैदान आएको सर्बोदय निर्धारित १५ ओभर मध्य १३.३ ओभर खेल्दै १०० रन बनाउदै ३ रनको हार ब्यहोर्न बाध्य भएको हो । नातालाई जित दिलाउने क्रममा रबिन रावल र सिमन्त बि सि ले ३/३ बिकेट लिएका । रबिन रावल म्यान अफ द म्याछ बन्न सफल भए ।

त्यस्तै प्रतियोगिताको अन्तिम खेलमा क्याम्बृज बलिया बिजयी भएको छ । टस जितेर ब्याटिङ गरेको आदर्श सामुदायिकले निर्धारित १५ ओभर मध्य ९.१ ओभर खेल्दै अल आउट हुदै ४२ रन बनाउन सफल भएको थियो । ४३ रनको बिजयी लक्ष्य लिएर मैदान गएको क्याम्बृज बलियाले ४.४ ओभर खेल्दै १ बिकेट गुमाउदै ९ बिकेटको जित हात पार्न सफल भएको थियो । क्याम्बृजका लागी पारश ढकालले आक्रमक ब्याटिङ गर्दै २८ रनको योगदान गरेका थिए । उनि म्यान अफ द म्याच बन्न सफल भए ।

प्रतियोगिता अन्तरगत भोली लिग चरणका अन्तिम २ खेल हुने भएका छन । जसमा बिहान ९ बजे युनाईटेड टिकापुरका विरुद्ध बाल बाटिका प्रतिस्पर्धा गर्ने छ भने दिउसो १ बजे नोबेल माबी बौनियाका विरुद्ध गणेश बाबा प्रतिस्पर्धा गर्ने खेल सह संयोजक मनोज कुमार पन्तले जानकारी दिए ।