पाचौं जेटि क्रीकेट कप : पायनियर्स ,उज्यालो र गुरुकुल विजयी - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

पाचौं जेटि क्रीकेट कप : पायनियर्स ,उज्यालो र गुरुकुल विजयी



कैलाली । बर्दगोरिया गाउपालिकामा जारी पाचौं जेटि कपमा शनिबार तिन खेल सम्पन्न भएका छन् ।

शनिबार बिहान भएको पहिलो खेलमा पायनियर्स लम्की बिजयि भएको छ । पायनियर्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गर्दै निर्धारित १५ ओभरमा ६ बिकेट गुमाउदै १ सय १६ रन बनाउन सफल भएको थियो । पायनियर्सका लागी सन्देश शाहिले ४२ रनको योग्दान गरेका थिए ।

१ सय १७ रनको बिजयि लक्ष्य लिएर ब्याटिङमा आएको नोबेल माबी निर्धारित १५ ओभर खेल्दै ८ बिकेटको क्ष्यतिमा ९४ रन मात्र बनाउन सक्यो र ३४ रनले हार ब्यहोर्न बाध्य भएको हो । ४२ रन बनाएका पायनियर्स लम्किका सन्देश शाही म्यान अफ द म्याच बन्न सफल भए ।

यसै गरि आज नै भएको दोस्रो खेलमा उज्यालोले युनाइटेड टिकापुरलाई ९ बिकेटले पराजित गर्दै बिजयी सुरुवात गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको युनाईटेड टिकापुरले निर्धारित १५ ओभर खेल्दै ९ बिकेट गुमाउदै ८१ रन बनाउन सफल भएक थियो । युनाईटेड टिकापुर लाई सस्तैमा रोक्ने क्रममा उज्यालो लम्किका कमल पुन म्गरले २ तथा छत्र बुढाले ३ बिकेट लिन सफल भएका थिए ।

८२ रनको लक्ष्य लिएर मैदान आएको उज्यालो लम्किले आक्रमक ब्याटिङ गर्दै निर्धारित १५ ओभर मध्य ८.५ ओभर खेल्दै १ बिकेट गुमाउँदै बिजयी प्राप्त गर्न सफल भएको हो । उज्यालो लम्किका लगि सुरेश सुनारले ३७ बलको सामना गर्दै २ छक्का र ७ चौकाको मद्धतमा ५० रन बनाउन सफल भएका थिए । उनि म्यान अफ द म्याच बन्न सफल भए ।

त्यस्तै शनिबारको अन्तिम खेलमा गुरुकुल लम्कीले माईकी इङ्लिस बोर्डिङ स्कुल बौनियालाई ८ बिकेट्ले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको माईकी इङ्लिस बोर्डिङ स्कुल बौनियाले १४.४ ओभर खेल्दै अल आउट हुदै ७२ रन बनाउन सफल भएक थियो । ७२ रनमा रोक्ने क्रममा गुरुकुलका रोहित बास्तोलाले ३ ओभरमा २ मेडन राख्दै २ रन खर्चिदै ह्याटि्रक सहित ३ बिकेट लिन सफल भएक थिए ।

७३ रनको सामान्य लक्ष्य लिएर मैदान आएको गुरुकुल लम्किले निर्धारित १५ ओभर मध्य ५ ओभर खेल्दै २ बिकेट को क्ष्यतिमा लक्ष्य भेटाउन सफल भएको हो । गुरुकुलका लगि रोहित चौधरिले ३१ रन बनाएका थिए ।ह्याटि्रक सहित ३ बिकेट लिएका गुरुकुलका रोहित बास्तोला म्यान अफ द म्याच बन्न सफल भए ।

प्रतियोगिता अन्तर्गत आईतबार पनि तिन खेल हुने भएका छन । जसमा बिहानको पहिलो खेलमा सर्बोदयका बिरुद्ध नमुना लम्की प्रतिस्पर्धा गर्दा बिहान ११ बजे आर एम ई टिकापुर का बिरुद्ध क्यामबृज बलियाबिच प्रतिस्पर्धा रहने छ भने अन्तिम खेलमा बाल बाटिका बिध्या मन्दिरका विरुद्ध ब्राईट फ्युचर लम्की प्रतिस्पर्धा हुने निर्देशक जिबन सुनारले जानकारि दिए ।

मंसिर ७ गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुने टिमले नगद ७५ हजार सहित ट्रफी हात पार्दा उप-बिजेताले नगद ३८ हजार सहित ट्रफी हात पार्ने छ । प्रतियोगीतामा २० बिधालयको सहभागीता रहेको छ ।