के भयो सर्वदलीय बैठकमा आज ? - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

के भयो सर्वदलीय बैठकमा आज ?



काठमाडौँ। बालुवटारमा डाकिएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र खतरामा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । मंगलबार ४ दलबीच भएको छलफलमा गणतन्त्र खतरामा परेकाले सबै दलले यसमा सचेत रहनुपर्ने बताएका थिए ।

बैठकमा प्रधानमन्त्रीको स्वास्थ्य, समसामयिक विषय र शान्तिप्रक्रियाका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीले साझा उद्देश्यका लागि संघर्ष गरेका दलहरुबीचको दुरी कम हुनुपर्ने, सहमति र सहकार्यकै बाटो अवलम्बन गर्नुपर्ने भन्दै बैठक बोलाएका थिए ।

पहिलो हामीले गणतन्त्र, संघियता, लोकतान्त्रिक प्रणाली र संविधानमाथि प्रहार भएको भन्दै प्रधानमन्त्रीले बताएका थिए ।

यी विषय क्षतविक्षत गर्ने प्रयत्न हुन थालेको देखिएको छ । त्यसको सन्दर्भमा देशका निम्ति संघर्ष गर्ने सबै राजनीतिक दलहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्छ । प्रधानमन्त्रीलाई उद्धृत गर्दै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

देशमा हिंसात्मक गतिविधि हुन नदिन पनि हामी सबै एकताबद्ध भएर जानुपर्छ । यत्रो लामो समयको द्वन्द्वपछि हामी शान्ति प्रकृयामा आईसकेपछि कुनै पनि कोणबाट हिंसाको बाटोमा लैजान दिनु हुँदैन । यस किसिमको गतिविधि अन्त्य गर्न र शान्ति व्यवस्था सुदृढ बनाउन एकताबद्ध भएर अघि बढ्नुपर्छ भन्ने विषयमा छलफल भएको छ श्रेष्ठले भने ।

प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले अरु राजनीतिक दलका नेताहरुले पनि हामी यो मुद्दाहरुमा एकताबद्ध भएको बताएका थिए । गणतन्त्र, संघियता, लोकतान्त्रिक प्रणाली र संविधानमाथि कहिँकतै प्रहार भए हामी सहेर बस्दैनौं, देउवालाई उद्धृत गर्दै श्रेष्ठले भने ।

शान्तिप्रकृयाको सन्दर्भमा पनि बाँकी रहेको काम पूरा गर्ने विषयमा पनि छलफल भएको थियो ।