कैलालीमा अवैध सालको गोलिया सहित पाँच जना पक्राउ - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

कैलालीमा अवैध सालको गोलिया सहित पाँच जना पक्राउ



कैलाली – कैलालीमा अवैध सालको गोलिया सहित ५ जना पक्राउ परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका- ५ को छुट्टाछुट्टै स्थानबाट शुक्रबार साझ ७७.१५ क्युफिट काठसहित ५ जना पक्राउ परेका हुन् ।

घोडाघोडी नगरपालिका- ५ सरैया स्थित वीर बहादुर मल्ल (बिरेन्द्र )को घरमा काठ चिरान गरिरहेको भन्ने गोप्य सुचनाका आधारमा त्यहाँ पुगेको सब डिभिजन वन कार्यालय सुखडका प्रमुख समिर थापाले जानकारी दिए ।

सबडिभिजन वन कार्यालय सुखडवाट गएको टोलिले चिरान गरिहेको ५.७८ क्यु फिट सालको ९ थान कडि तथा ७१.३७ क्यु फिटका ५ थान सालको गोलियासहित जालुराम चौधरी, भिट्टु डगौरा, असोक चौधरी, प्रदेसी चौधरी र भिसराम चौधरी लाइ पक्राउ गरेको थापाले जानकारी दिए ।

काठ चिरानका मुख्य नाइके भनिने वीर बहादुर मल्ल (बिरेन्द्र) भने फरार रहेका छन् ।

लकडाउनका कारण अदालतबाट म्याद थप नहुने हुँदा स्थानीय तथा जनप्रतिनिधिहरुको जिम्मामा छोडिएको थापाले जानकारी दिए ।