कैलालीका अर्का युवक पनि कोरोना जितेर घर फर्किए - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कैलालीका अर्का युवक पनि कोरोना जितेर घर फर्किए



कैलाली । कैलालीको धनगढी उप-महानगरपालिका -५ का ३४ बर्षीय युवक पनि कोरोना जितेर घर फर्किएका छन् । लगातार दुई पटक कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनलाई सेती प्रादेशिक अस्पतालले मंगलबार डिस्चार्ज गरेको हो ।

दुबइ बाट आएका युवकमा चैत १४ गते कोरोना पुष्टि भएको थियो । उनको तीन पटक परीक्षण गर्दा सम्म कोरोना रिपोर्ट पोजेटिभ देखाएको थियो । पछिल्लो पटक लगातार दुई पटक कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनी अस्पताल बाट डिस्चार्ज भएका हुन् । उनी २८ दिन सम्म अस्पतालमा उपचारारत थिए ।

सेती प्रादेशिक अस्पतालमा ३ जना संक्रमितको उपचार भईरहेको छ भने मंगलबार नै बर्दगोरीया -३ रानिकुण्डाका १९ वर्षिय युवकको र्‍यापिड टेस्ट किटबाट कोरोना पोजेटिभ देखिएको छ । मंगलबार र्‍यापिड टेस्ट किटबाट कोरोना भाइरसको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि थप परिक्षणको लागि सेती प्रादेशिक अस्पताल लगिएको छ ।