पाँच नम्बर प्रदेशलाई कम्जोर बनाउन तिवारीलाई मारिएको हो - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

पाँच नम्बर प्रदेशलाई कम्जोर बनाउन तिवारीलाई मारिएको हो



पाँच नम्बर प्रदेशका जनताको जन आन्दोलनमा सक्रियताका रूपमा देखिएका थिए दुर्गा तिवारी । आज उनको हत्या भयको छ । हत्या किन गरियो र कसले गरयो यसको पछाडि हत्याराको उद्देश्य के थियो या कुनै राजनीतिक एवं कुटनितीक शक्ति हरुको त हात थिएन भन्ने विषयले जन्म लिएको छ वर्तमानमा छानबीन हुनुपर्छ र दोषी लाई कडा भन्दा कडा कार्रवाई गरिनु पर्दछ ।

केही दिन अगाडी गुल्मी को तम्घासमा शान्तिपूर्ण आन्दोलन गरिरहेका जनता माथि प्रहरीले लाठीचार्ज अश्रुरग्यास प्रयोग गरेर पाच नम्बर क्षेत्र का जनता माथि डर र त्रास फैलाउने काम गर्‍यो एवं आन्दोलनलाई कमजोर बनाउने काम राज्य ले गरी रहेको छ । प्रहरी को दमन बढ्दै गयको छ मरणासन्न हुने गरी नेपाल तरुण दल गुल्मी का अध्यक्ष कृष्ण पाण्डेलाई कुटपिट गरिएको र उनको स्थिति अत्यंत दयनीय छ र अस्पताल मा भर्ना छन् ।

अहिले पाँच नम्बर प्रदेश टुक्राउन पाईदैन भनेर पाच नम्बर प्रदेश का जनताको आवाज घन्किरहेको छ । कैयौ दिन भयो गुल्मी अर्गखाची पाल्पा रुपन्देही र अन्य जिल्लाहरू मा बन्द ले त्याहाको अर्थव्यवस्था माथि ठुलो असर परिरहेको छ सरकार भने आफ्नै गोरुका बाह्य टक्का जस्तै गरी जनता माथि दमनकारी नीति उठाएको छ के यो उचित हो ।

मलाइ लाग्छ सरकार भारतीय गुप्तचर सस्था रअ को इसारामा काम गरिरहेको छ र यो सत्य पनि हो । भारत लाई नेपाल को सङ्घीयता सँग कुनै मतलब छैन उसलाई त गौतम बुद्ध को जन्म भूमि लुम्बिनी सँग मतलब छ । पटक पटक भारतीय प्रधानमंत्री ले बुद्ध भारतमा जन्मेका र बुद्ध जन्म स्थान लुम्बिनी भारतमा रहेको झुठा प्रचार अन्तर्राष्ट्रिय क्षेत्रमा गरिरहेका छन् र भारतको प्रमुख उद्देश्य पनि लुम्बिनी लाई आफ्नो कब्जा मा लिनु हो । यो कुरा साहित राजनीतिक दल्ले बुझेका नै होलान् तर आफ्नो स्वार्थका लागि

सरकार को नेतृत्व रहेका प्रचण्ड किन भारतीय इसारामा काम गरिरहेका छन् हुन सक्छ उनले २०५२ सालमा माओवादी को स्थापना गर्दा भारत सँग राजनीतिक गोप्य सम्झौता गरी मुलुक लाई अनिर्णय को बन्दी गराउने खेल कतै होइन भन्दा अनपयुक्त नहोला ।

जनचाहना विपरीत परदेश टुक्राउदा भोलिका दिनमा आउने सङ्कट लाई पनि सबैले ध्यान दिनै पर्छ यो कुरा राजनीतिक दलहरूले बुझ्न् अत्यन्त आवश्यक छ । सांसद मा संशोधन प्रस्ताव राष्ट्रलाई निकास दिन दर्ता गरिएको भनिएको छ तर जनता को चाहना विपरीत गरिएको संविधान संशोधन प्रस्ताव के राष्ट्रलाई निकास देला एक पटक राजनीतिक दलहरूले सोच्नु पर्ने हुन्छ ।

वर्तमान सन्दर्भलाई अवलोकन गर्दै परिवर्तन का स्तम्भ हरुलाइ सुरक्षा गर्न राजनीतिक दलहरूको एकता अत्यन्त आवश्यक छ । राजनीतिक दलहरूको एकता नहुदा विदेशी ले आफ्नो प्रभुत्व जमाइरहेका छन् याहा सम्म कि राष्ट्रियता को विषयमा महत्त्वपूर्ण निर्णय गर्दा विदेशी को निर्देशन मान्नु पर्ने यो कस्तो दलहरुमा राजनीतिक नीति हो ।

छिमेकी राष्ट्र भारत र चीन सङ घनिष्ठ मित्रता राख्नु पर्छ भन्ने जनताको चाहना पनि हो तर मित्रताको नामामा लम्पसार वाद बन्दै देशलाई नै अनिर्णयको बन्दी बनाउनु काहा सम्मको जायज हो ।

गणतन्त्र सङ्घीयता र धर्मनिरपक्षे को विषयमा जनमतसंग्रह मा जानू पर्छ भन्ने आम नेपाली जनता को माग बढ्दैछ तर राजनीतिक दल भने आफ्नो अहङ्कारमा देशलाई जबर्जस्ति सङ्कट तिर उन्मुक्त बनाउदै छन् के यो जायज हो ।