कंचनपुरमा भेटिए अर्का कोरोना संक्रमित - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

कंचनपुरमा भेटिए अर्का कोरोना संक्रमित



काठमाडौं– नेपालमा नयाँ कोरोना भाइरस संक्रमित भेटिएका छन् । भारतको उत्तराखण्ड हुंदै कंचनपुर आएका एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

कंचनपुरमा क्वारेन्टाइनमा राखिएका उनको काठमाडौंमा परीक्षणका क्रममा पोजेटिभ देखिएको हो । संक्रमित सहित तीन जना भारतबाट लुकेर नेपाल प्रवेश गरेका थिए ।

सशस्त्र प्रहरीले पक्राउ गरेर क्वारेन्टाइनमा राखेको थियो । त्यसमध्ये दुई जना फरार छन् । खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या बढेको छ । एक जना उपचारपछि घर फर्किएका छन् भने अन्य सबैको उपचार भइरहेको छ ।