आन्दोलन अराजक बन्दै होटल र सवारी साधन तोडफोड सर्बसाधारण मारमा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

आन्दोलन अराजक बन्दै होटल र सवारी साधन तोडफोड सर्बसाधारण मारमा



तिलक सुबेदी / १६ मंसिर, बुटवल । सीमांकन हेरफेरविरुद्धको आन्दोलन अराजक बन्दै गएको छ । आज दोस्रो दिन पनि रुपन्देहीको बुटवल बन्द गराएका छन् र प्रदर्शनकारीले होटल कस्तुरीमा तोडफोड गरेका छन् ।

15171111_1203436356406138_7836321378910605650_n

को बन्द अवज्ञा गरेको भन्दै उनीहरुले होटल कस्तुरीमा तोडफोड गरेका हुन् । यसैगरी देबीनगरमा मोटसाइकल र दीपनगर चोकमा अटो रिक्सामा तोडफोड भएको छ । राजमार्ग चौराहामा यात्रु बस तोडफोडको प्रयास भए पनि प्रहरीले रोकेको थियो ।

15301134_1109829779130803_2016244696_n

अखण्ड पाँच नम्बर प्रदेशको माग गर्दै सुरु भएको आन्दोलनले जनजीवन प्रभाबित भएको छ । बुटवल बहुमुखी क्याम्पस, सिद्धार्थ गौतमबुद्ध क्याम्पस, वाणिज्य क्याम्पसलगायतबाट विद्यार्थी नेताहरुले नेतृत्व गर्दै जुलुश निकालेका थिए ।

जुलुशले बुटवल बजार परिक्रमा गरी मिलनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्ने नेविसंघ केन्द्रीय उपाध्यक्ष प्रकाश रानालगायतले सीमांकन हेरफेरको निर्णय नसञ्चाएसम्म आन्दोलन कुनै हालतमा नरोकिने बताएका थिए ।

15310257_1109829665797481_1083513165_n

एमाले समर्थित विद्यार्थी संगठन अनेरास्ववियु र जनमोर्चा निकट अनेरास्ववियु छैठौंले पनि विहीबार बिहानैदेखि टायर बालेर बिरोध प्रदर्शन गरेका थिए । सत्तारुढ कांग्रेस र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता पनि संशोधन प्रस्तावको बिरोधमा सडकमा निस्किएका छन्

आज ५ बजे देखि भोलि बिहान ६ बजे सम्मका लागि बन्द खुल्ने आन्दोलनकारीले बताएका छन् ।